विल गेट्सका पाँचवर्षे रणनीति

२०७२ भाद्र ५ गते, शनिबार

काठमाडौँ । विल गेट्स संसारकै सबैभन्दा धनी व्यक्तित्व हुन् । उनी संसारकै सबैभन्दा ठूलो सफ्टवेर कम्पनी माइक्रोसफ्टका संस्थापक समेत हुन् । १९५५ अक्टोबर २८ मा जन्मेका उनी १९९५ देखि आजसम्म नै संसारकै धनी व्यक्तित्वको आफ्नो छवि कायम राख्न सफल छन् । उनको सम्पति १५ करोड विलियन अमेरिकी डलरभन्दा बढी रहेको छ । उनका सम्पति र खर्चका बारेमा संसारभर चासो रहने गर्दछ । आजसम्म उनले थुप्रै ठाउँमा लगानी गरेका छन् भने थुप्रै दान तथा सहयोग पनि गरेका छन् । यसैबिच अबको पाँच वर्षमा बिल गेट्सले के मा लगानी गर्नेछन्, किन गर्नेछन् भन्ने कुराको चर्चा यहाँ गरिएको छ । स्मरण रहोस् प्रस्तुत भनाइहरू विल गेट्सका नितान्त व्यक्तिगत शब्दहरू हुन् । केही महिनाअघि म युरोपको यात्रामा गएको बेला मैले अबको पाँच वर्षमा १ विलियन अमेरिकी डलर क्लिन इनर्जी टेक्नोलोजीमा खर्च गर्न कुरा बताएको थिएँ । यो लगानी मैले आजसम्म गरेका लगानीभन्दा धेरै हुनेछ । म यो लगानी यसकारण गर्न चाहन्छु कि अबको पाँच वर्षमा यस टेक्नोलोजीले मौसम परिवर्तनको समस्यामा सुधार ल्याउँछ भन्ने कुरामा म पूर्णतया विश्वस्त छु । अबको दिनमा हामीले आर्थिक समृद्धिको नाममा उत्पादन गरिरहेका कार्बनडाइअक्साइड लगायतका हानिकारक ग्यास उत्पादनलाई कम गर्दै लैजानको लागि यस प्रविधिको प्रयोग अनिवार्य गर्नुपर्दछ भन्ने विश्वासका साथ म यो लगानी गर्न गइरहेको छु । गरीब देशले गर्दै नगरेको गल्तीको सजायँ भोगिरहेका छन्
अहिलेको विकराल समस्या बन्दै गइरहेको मौसम परिवर्तनलाई कम गर्नको लागि मेरो मात्र प्रयास र लगानीले धान्न सक्दैन भन्ने कुरा निश्चित हो । यो कुरा मैले युरोपेली नेताहरूसँग पनि छलफल गरिसकेको छु । मलाई लाग्छ यो एक गम्भीर विषय हो । किनकि यतिबेला मौसम परिवर्तनको समस्याले प्रायः गरिब तथा विकासोन्मुख राष्ट्रहरू बढी नै पीडित हुने गरेका छन् । ज्यादा गर्मी, एक्कासी पानी पर्ने तथा एक्कासी घाम लाग्ने जस्ता आकस्मिक मौसम परिवर्तनले विशेषगरी खेतीपाती कै भरमा जिवन धान्ने किसानहरू हैरान भएका छन् । यसका कारणले खाद्यान्न खपतमा समेत ह्रास आउन सक्छ । भोकमरी र कुपोषणजस्ता समस्याले महामारीको रूप लिन सक्छन् । यसले यतिका वर्षमा गरिबी हटाउन गरेको सबै प्रयास तथा सफलतालाई पहिलेकै स्थितीमा फर्काउन सक्छ । यसरी एउटाले गरेको गल्तीको सजायँ संसारभरले भोग्नुपर्ने स्थिती आइपर्ने भएकाले अब पनि यसतर्फ ध्यान नदिए अन्याय हुनेछ ।
खासै महँगो तिर्र्न पनि नपर्ने यस इन्धनको प्रयोगका कारण हानिकारक इन्धनको प्रयोगमा कमि आई मौसम परिवर्तनको समस्या समाधान हुने मात्र नभएर गरिबी समेत हट्छ । म इन्धन र मौसमको क्षेत्रमा सुधार ल्याउनको लागि कदम चाल्ने प्रतिज्ञा गर्दछु । त्यस्तै, सोलार इन्धन, ब्याट्री लगायतका वैकल्पिक इन्धन प्रयोग गर्न सबैलाई प्रोत्साहन गर्ने कार्यस्वरूप यसको आपूर्ति र खरिदलाई सहज बनाउने काम गर्नेछु । त्यसो त, अमेरिका लगायतका देशहरूमा यस्ता इन्धनको मूल्य केहि वर्षयता घट्ने क्रममा नै रहेका छन् । त्यस्तै आगामी दिनमा पनि थप सहज बन्ने कुरामा विश्वास दिलाउन चाहान्छु । संसारबाट हानिकारक ग्यासको उत्पादनलाई छिटोभन्दा छिटो कम गर्ने र वैकल्पिक उर्जा तथा इन्धनको प्रयोगमा जोड दिने कार्यमा सफलता पाउनको लागि हामीले केही सहज तर अनिवार्य कदमहरू चालनुपर्ने हुन्छ । जस्तै–
नया“ प्रयोगका लागि बजेट
यसका लागि सरकारी अनुदान सबैभन्दा उत्तम उपाय हुन सक्छ । सरकारले कार्बनको उत्पादन एक प्रतिशत पनि नगर्ने खालको नयाँ इन्धन उत्पादन गर्न अध्ययन तथा अनुसन्धानका लागि अनुदानको व्यवस्था गरी यस्तो फाइदाजनक काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ । सरकारको यस उदारताले निजी क्षेत्रको लागनीलाई बढाउने कुरा निश्चित छ । यस्ता निजी स्रोतबाट आएको रकमले एउटा कम्पनि बनाएर संसारभर आपूmसँग भएको ज्ञान बजारमा बाँड्नेछ । यस्ता हजारौँ विचार र यस प्रविधिसम्बन्धी ज्ञान भएकाहरूको सयौँ कम्पनीहरू आवश्यक हुन सक्छन् । उच्च हावाको वहाव तथा सौर्य उर्जाबाट इन्धन निकाल्नको लागि यति बजेटले भ्याउँदैन । त्यसैले, यस योजनालाई संसारभर बाँडेर संसारभरको लगानी एकत्रित गर्नुपर्छ । फेरि त्यसको आविष्कारका लागि इन्जिनियर लगायत अन्य मेसिनरी तथा मानवीय स्रोत तथा शक्तिको आवश्यकता पर्ने सम्बन्धमा पनि सुरुमा नै राम्ररी विचार गरिनुपर्छ ।
कार्बन उत्पादन नगर्ने बजारको सिर्जना गर्नुपर्छ ः यस इन्धनको प्रयोगबाट कार्बन उत्पादन नहुने निश्चित भएपछि संसारभरका बजारमा यसको प्रयोग गरिनुपर्छ । संसारका जैविक इन्धन प्रयोग गरेर चलाइएका सम्पूर्ण उद्योगधन्दा, व्यवसाय तथा मेसिनरी सामानहरूलाई तुरुन्त परिवर्तन गरेर वैकल्पिक अर्थात् कार्बन उत्पादन नगर्ने इन्धन प्रयोग गरिनुपर्छ ।
गरीब देशलाई न्यायसंवत् तरिकाले हेरिनुपर्छ ः यस्ता इन्धनको मूल्य सबैले धान्न सक्ने किसिमको राख्नुपर्छ । सबै सामानहरू महँगो पर्न गएमा गरीब देशहरूलाई समस्या पर्ने हुन सक्छ । त्यसैले, व्यवसायीक रूपमा भन्दा पनि सांसरिक भलोको हिसाबबाट हेरेर काम गर्नु पर्छ ।

मोबाइलको भाइरस हटाउने उपाय
काठमाडौँ । एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन प्रयोगकर्ताहरू धेरै संख्यामा रहेका छन् । एन्ड्रोइड एक ओपन अपरेटिङ सिस्टम भएका कारण जहाँबाट पनि भाइरस आउन सक्छ । यस्ता भाइरसले आफ्नो मोबाइल वा ट्याबलेटको डाटाहरू सबै काम नलाग्ने बनाउन सक्छन् । त्यसैले आफ्नो मोबाइलमा भाइरस पसेको छ भन्ने लागेमा त्यसलाई हटाउनुपर्छ । एन्ड्रोइड अपरेटिङ सिस्टमसँग जोडिएका केही सजिला स्टेपहरू रहेका छन् जसले आफ्नो डिभाइसको भाइरस हटाउन मद्दत गर्छ ।
१. स्मार्टफोलाई सेफ मोडमा रिबुट गर्ने ः यसरी सेफ मोडमा रिबुट गर्दा थर्ड पार्टी एप्ससँग रन भइरहेका भाइरस हो सिधै बन्द हुन्छन् । यदि मोबाइलमा सेफ मोड रिबुट अप्सन छैन भने पावर बटनलाई केही बेरसम्म थिचिराख्दा रिबुटको अप्सन आउँछ ।
२. डिभाइस सेटिङ ः स्मार्टफोन वा ट्याबलेट रिस्टार्ट भएपछि सबैभन्दा पहिले डिभाइस सेटिङमा जाने र एप्सको अप्सन खोल्ने। यहाँ डिभाइसमा भएका सबै एप्स आउँछन् । यहाँ कुनै एपहरू रन भएका हुँदैनन् । यहाँ भाइरस भएमा भाइरस भने रन मोडमा रहेका हुन्छन् ।
३. मलिसियस एप अनस्टल गर्ने ः यो एप लिस्टमा भाइरस भेटिएमा त्यसलाई सबैभन्दा पहिले अन्स्टल गर्ने र त्यसपछि रिमुभ गर्ने । यदि भाइरसवाला एपमा अनस्टलको अप्सन छैन भने डिभाइस एड्मिनिस्ट्रेटर सेटिङमा जानुपर्ने हुन्छ ।
४. डिभाइस एड्मिनिस्ट्रेटर ः डिभाइस एड्मिनिस्ट्रेटर सेटिङमा गएपछि एड्मिनिस्ट्रेटर स्टाटसमा इनस्टल एपको पुरै लिस्ट आउँछ । यसबाट आपूmलाई जुन एप नचाहिने हो त्यसलाई अनस्टल गरिदिने । यसका लागि स्क्रिनमा भएको विन्डोमा डिएक्टिभेटको अप्सन छान्नुपर्ने हुन्छ ।
५. नमएल मोडमा रिस्टार्ट गर्ने ः आपूmलाई नचाहिने सबै एपहरू हटाएपछि आफ्नो स्मार्टफोन वा ट्याबलेटलाई फेरि नर्मल मोडमा रिस्टार्ट गर्ने। यति गरेपछि डिभाइस सेफ मोडमा आउँछ र भएको भाइरस पनि हटेर जान्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार