विरामीको हत्या गर्ने नर्सलाई जन्मकैद

२०७१ फाल्गुन १६ गते, शनिबार

काठमाडौ । ३० भन्दा बढी विरामीलाई घातक औषधि दिएर मारेको आरोप स्वीकार गर्ने एक पूर्व नर्सलार्य पूर्वी जर्मनीको अदालतले जन्मकैदको सजाय सुनाएको छ।उनको पहिचान ३८ वर्षीया नील्स एचको नामबाट भएको छ ।जसमाथि दुई जनाको हत्या र हत्याको प्रयास गरेको आरोपसमेत लगाइएको छ।
अदालतमा उनले आफूले आवेगमा आएर यस्तो काम गरेको बयान दिएका छन् । यसका लागि उनले पीडित परिवारहरुसँग माफीसमेत मागेका छन् ।
यो घटना सन् २००३ देखि २००५ मा जर्मनीको डेलमेनोस्ट क्लिनिकको इन्टेन्सिभ केयर युनिट अर्थात आइसीयुमा भएको थियो । जहाँ उनी काम गर्दथे ।
सन् २००८ मा भएको प्रारम्भिक सुनुवाईमा उनलाई हत्या प्रयासमा दोषी ठहर गर्दै सात वर्ष जेल सजाय सुनाइएको थियो । प्रहरीले गरेको अनुसन्धानमा उनका थप अपराध पुष्टि भएको हो ।
उनीमाथि तीन हत्याको आरोप थियो । तर अदालतले भने उनलाई दुई हत्यामा मात्र दोषी ठहर गरेको छ । अर्को हत्यमा उनको संलग्नता रहे नरहेको पुष्टि हुन बाँकी रहेको अदालतले जनाएको छ।
मनोवैज्ञानिकहरुले अदालतमा नील्स एचले ३० जना विरामीको हत्या गरेको स्वीकार गरेको बताएका थिए । उनले अन्य ६० जनालाई पनि घाक औषधि दिए पनि उनीहरु भने जिवितै रहेको बताइएको छ।हत्याको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ। प्रहरीले २ सय क्लिनिकमा अनुसन्धानमा गयिररहेको छ। जसमा उनले काम गरेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु