विराटनगर महानगरपालिकामा विष्फोट

२०७५ श्रावण २७ गते, आईतवार

काठमाडौँ, २७ साउन । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी निशान थापाका अनुसार विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा आज अपराह्न २ बजे अज्ञात व्यक्तिले बम विष्फोटन गराएको छ । विष्फोटनबाट महानगरपालिकाका झ्यालको सिसा फुटेको छ । प्रहरीले सुरक्षाका लागि महानगरपालिकाको विष्फोटन भएको स्थलमा जान रोक लगाई घेराबन्दी गरेको छ । विस्फोटमा परी महानगरका कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएका छन् । उनलाई उपचारका लागि कोशी अंचल अस्पताल लगिएको छ । उनी मुटुको रोगी भएको बताइएको छ । उक्त वम विष्फोटन कसले, कुन प्रयोजन र कुन सामग्री प्रयोग गरी गरेको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी थापाले जानकारी दिए । प्रहरीले आवश्यक अनुसन्धानपछि घटनाबारे विस्तृत विवरण दिने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु