विमानले अपहरणमा परेको सूचना दिएपछि..

२०७५ कार्तिक २५ गते, आईतवार

काठमाडौं, २५ कात्तिक । भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारीमा रहेको एक विमानले अपहरणमा परेको सूचना प्रवाह गरेपछि शनिबार उक्त विमानस्थलमा हल्लीखल्ली मच्चियो । अरियाना एयरलाइन्सको विमान उड्ने तयारी गरिरहँदा अपहरणमा परेको सन्देश प्रवाह भएको थियो । विमानका पाइलटले उक्त सन्देश पठाउनासाथ विमानस्थल प्रशासनले उक्त विमानलाई उड्न रोक लगाउँदै चारैतिरबाट सुरक्षाकर्मीले घेराबन्दी गरेका थिए । राष्ट्रिय सुरक्षा गार्डका कमाण्डोसहित सुरक्षासँग सम्बन्धित विभिन्न निकाय उच्च सतर्कअवस्थामा रहे । विमानभित्र रहेका यात्रुमा पनि हल्लीखल्ली मच्चियो । लगत्तै विमानमा चेकजाँच सुरु गरियो । भारतीय सञ्चारमाध्यमका अनुसार करिब दुई घण्टासम्म विमान र विमानमा सवार यात्रुको सुरक्षा जाँच गरियो । लामो अनुसन्धानपछि उक्त विमानका पाइलटले भूलवस अपहरणमा परेको सूचना दिने स्वीच थिचेको पाइयो । भारतीय सञ्चारमाध्यमका अनुसार ती पाइलटले आफ्ना को–पाइलटलाई आपतकालिन सेवासम्बन्धी जानकारी गराइरहेको अवस्थामा भूलवस उक्त स्वीच थिचिएको थियो । १२४ यात्री र चालक दलका ९ सदस्य सवार सो विमान करिब दुई घण्टा ढिलो नयाँ दिल्लीबाट अफगानिस्तानका लागि उडेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार