विभिन्न ठाउँमा बम विस्फोट, बन्द अवज्ञा गर्ने सवारी साधन तोडफोड

२०७५ श्रावण २९ गते, मंगलवार

काठमाडौं, २९ साउन । नेपालबन्दमा राजधानीलगायत देशका विभिन्न ठाउँमा बम विस्फोट, बन्द अवज्ञा गर्ने सवारी साधन तोडफोड भएको छ । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण नेपालको पूर्वी क्षेत्र पनि प्रभावित भएको छ । पूर्वका जील्लामा पनि बन्दको प्रभाव परेको हाम्रा सहकर्मीले जनाएका छन् । बिहानैबाट यातायातका साधन चल्न सकेका छैन । बन्द सफल बनाउन नेकपाका नेता कार्यकर्ताहरु नै सडकमा निस्कीए टायर बालेका छन् । कडा सुरक्षा ब्यावस्थाका बाबजुत नेकपाका नेता कार्यकर्ताले आज बिहान सुनसरीका बिभिन्न स्थानमा टायर बालेर सडक अबरुद्ध पार्ने लगायतका कार्य गरेको खबर प्राप्त भएको छ । यसैक्रममा सुनसरीको हरिपुरमा बन्द अबज्ञा गरेको भन्दै बन्दकर्ताले एउटा ट्रकमाथि तोडफोड गरेको बताईएको छ ।
यता बन्दको दिन काठमाडौँको बल्खुचोक परिक्षा नियन्त्रण कार्यालय नजिकै बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको छ । अहिले उक्त स्थानलाई नेपाली सेनाले घेरा गरी राखेको छ । संकास्पद बस्तु फेला परेपछि चक्रपथ एरियामा सवारीसाधन कम चलेका छन् । यस्तै रोल्पाका विभिन्न ठाउँमा बम विस्फोट भएको खबर प्राप्त भएको छ । रोल्पाको सदरमुकाम लिबाङमा बिहान ६ बजे बम विस्फोट भएको छ भने पुर्वी रोल्पाको सुलीचौर, पश्चिम बागमारा र घर्तिगाउँमा पनि बम विस्फोट भएको खबर प्राप्त भएको छ । यसैगरी रौतहट पनि बम विस्फोट भएको खबर प्राप्त भएको छ । यी विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन भने यातायात, शैक्षिक संस्थाहरु ठप्प भएका छन् । यसैगरी मकवानपुरको हेटौडा ११ मा बम विस्फोट भएको खबर प्राप्त भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । यसैगरी सिन्धुपाल्चोकको मेलन्चीमा नेपाल बन्द सफल पारौं लेखिएको प्रेसर कुकर बम फेला परेको छ । यसैगरी झापाको गौरदह नगरपालिकामा पनि गोलढुंगा बजारमा रहेको प्रहरी चौकी नजिकै बम विस्फोट भएको छ । झापामा बन्दकर्ताहरु सडकमा निस्किएका छन् । बन्द कर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा एउटा बसमा आगजनीे गरेका छन् । मकवानपुर थाहा नगरपालिकामा गरिएको आगजनीबाट बस पूर्ण रुपले क्षतिग्रस्त हुनपुगेकोे छ । यस्तै बन्दको अवज्ञा गरी गाडी संचालन गरेको भन्दै बन्दकर्ताले नुवाकोटमा तीनवटा मिनीट्रकमा आगजनी गरेका छन् । शिवपुरी गाउँपालिका ८ बाट बालुवा बोकेर काठमाडौँ तर्फ गुडिरहेका ३ गाडीलाई बोहरे खोला नजिकै बन्दकर्ताले आगजनी गरी क्षति पु¥याएको नुवाकोट प्रहरीले जनाएको छ । बन्दको कारण त्यहाँ छोटोदुरीका सवारी साधन केही संचालनमा रहे पनि जिल्लाबाट बाहिर जाने गाडीहरु ठप्प भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु