विप्लव खुलामञ्चमा झुल्कने

२०७१ पुष ५ गते, शनिबार

काठमडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादीले यही पुस ११ गते काठमाडौंको खुलामञ्चमा सभा आयोजना गर्ने भएको छ । उक्त सभालाई माओवादीका संयोजक नेत्रविक्रम चन्द -विप्लव) ले सम्बोधन गर्ने बताइएको छ । नेकपा – माओवादीबाट अलग भएपछि विप्लव पहिलो पटक खुला सभामा सहभागी हुन लागेका हुन् । यसअघि नयाँ पार्टीोषणा गर्दा राजधानीको राष्ट्रिय नाचघरमा उपस्थित विप्लव राजधानीमा र्सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेपछिका विभिन्न सभाहरुमा खुलामञ्च गए पनि उनले त्यहाँ भाषण गरेका थिएनन् । यस पटक भने १२२ औँ माओ दिवसको अवसर पारेर उनी प्रमुख बक्ताको रुपमा खुलामञ्चमा प्रस्तुत हुँदै छन् । सोही कार्यक्रमको तयारीअर्न्तर्गत् राजधानीका विभिन्न स्थानमा चिनियाँ नेता माओत्सेतुङ र विप्लव अंकित पोष्टरहरु टाँसिएका छन् । र्सार्वजनिक स्थानहरुमा टाँसिएका पोष्टरमा ‘प्रतिक्रान्ति र राष्ट्रघातका विरुद्ध प्रतिरोध संर्घष्ालाई अगाडि बढाऔँ’ भन्ने मूल नारा तय गरिएको छ । भूमिगत संर्घष्ाको तयारी गरिरहेका भनिएका नेता विप्लवले त्यस दिन समसामयिक राजनीतिबारे बोल्ने सो पार्टी एक नेताले बताए । वैद्य माओवादीबाट अलग भएपछि विप्लव कम्युनिष्ट कार्यकर्ताहरुको ‘विप्लव आकर्षा बढ्दै गएका बेला पहिलो पटक प्रमुख अतिथि भएर उनले खुलामच्चमा के बोल्दैछन् भन्ने आम चासोको विषय बनेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु