विप्लवद्वारा राहत वितरण

२०७२ जेष्ठ ५ गते, मंगलवार

काठमाण्डौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भक्तपुरको सूर्य विनायक नगरपालिका ११ काँक्राबारीका भूकम्पपीडितलाई राहत सामाग्री वितरण गरेका हुन । त्यहाँस्थित २ सय १६ घरपरिवारलाई महासचिव विप्लवले राहत हस्तान्त्रण गरेका हुन । सो क्रममा विप्लवले दुःख साट्न आफूहरु जनतासँग आएको बताउँदै आफ्नो पार्टी जस्तोसुकै सहयोगको लागि तयार रहेको बताए । राहत लिन आएका भूकम्पपीडितलाई सम्बोधन गर्दै विप्लवले पुर्नबासको लागि आफ्नो पार्टीले
अभियान संचालन गरेको बताउँदै कुनै समस्या भए तत्काल जानकारी गराउन आग्रह गरे ।
भूकम्पबाट प्रभावितको उद्दार र पुर्नबासको लागि आफ्नो पार्टीले अभियान नै चलाएको बताए । ‘हामी दोस्रो चरणको अभियान सुरु गरेका छौँ, दुई हजार युवा प्रभावित १७ जिल्लामा गइसकेका छन्’ महासचिव विप्लवले सो क्रममा भने । चिनियाँ नागरिक झ्याङ र भक्तपुर पार्टीले संकलन गरेको राहत सामाग्री उनले पीडितलाई हस्तान्त्रण गरेका हुन ।

प्रतिक्रियाहरु