विद्युत चोरीमा ‘हाइटेक’ प्रविधि प्रयोग

२०७३ मंसिर १४ गते, मंगलवार

काठमाडौं, १४ मंसिर । भक्तपुरमा ‘हाइटेक’ प्रविधि प्रयोग गरेर विद्युत चोरी गर्ने क्रम बढेको छ । सामान्य घरमा समेत अत्याधुनिक प्रविधि प्रयोग गर्दै विद्युत चोरी गरेको भेटेपछि चुहावट नियन्त्रण गर्दै हिँडेका विद्युत प्राधिकरणका प्राविधिक तथा कर्मचारी आश्चर्यमा परेका छन् ।
खम्बाबाट घरसमम लगिएको केबुलमा आफ्नो मिटर नपुग्दै सर्वसाधारणले प्वाल पारेर वा मिटरको सील तोडेर विद्युत चोरी गर्नु सामान्य प्रविधि हो । यसरी गरिने चोरी सबैले देख्न र भेट्टाउन सकिन्छ । तर भक्तवुरका केही घरमा विद्युत प्राधिकरणका प्राविधिकले समेत साधारण रुपमा पत्ता लगाउन नसक्ने गरी चोरी भएको भेटिएको छ ।
नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रका प्रमुख विक्रम अमात्यले भने, ‘सामान्य घरमा हाइटेक प्रविधिबाट चोरी गरिएको पाउँदा हामी आश्चर्यमा पर्‍यौं ।’ उनका अनुसार यस्तो चोरी विद्युतकै प्राविधिकको संलग्नताबिना सम्भव छैन । खम्बाबाट घरसम्म पुष्ेको केबुलललाई मिटर नपुग्दै भित्ताभित्रै विशेष प्रविधि प्रयोग गरी चोरी गर्नु ‘हाइटेक प्रविधि’ हो । यस्तो प्रविधि सामान्य आँखाले देखिदैंन । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु