विद्युत् प्राधिकरणले पोलको भाडा बढाउदा इन्टरनेट महँगो !

२०७५ श्रावण २५ गते, शुक्रबार

काठमाडौं , २५ साउन । नेपाल विद्युत् प्राधिकरणले आफ्नो संरचना र पूर्वाधार प्रयोग गरेबापत इन्टरनेट सेवा प्रदायकसँग लिने भाडामा ब्यापक वृद्धि गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै आफ्नो प्रसारण लाइन तथा पाोलबाट फाईबर विस्तार गरिरहेका सेवाप्रदायकको हकमा भाडादर बढाउने निर्णय सर्वजनिक गरेको छ । प्राधिकरणले ३३ केभीए प्रसारण लाइनमा एडीएसएस फाईबर तानेबापत विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने संरचनाको भाडा दर एक लाख ३८ हजार प्रतिकोर वर्ष फाईबर रहेकोमा अब मासिक प्रति किमी ३०० रुपैयाँ कायम गरेको छ । प्राधिकरणले २४ कोरसम्म प्रतिफाईबर, प्रतिमहिना, प्रतिकिमी एक हजार दुई सय कायम राखेको छ भने २५ देखि ४५ कोरसम्म प्रतिफाईबर प्रतिमहिना, प्रतिकिलोमिटर एक हजार नौ सय कायम गरेको जनाएको छ । त्यस्तै ४५ कोरभन्दा माथि फाइबरको प्रतिमहिना तिनुपर्ने रकम २७ सय बनाएको छ । प्राधिकरणले ३३ केभीएसम्मको प्रसारण लाइनमा भएको फाईबरमा प्रतिकोर २५ सय महिनाको तिर्नुपर्ने भएको छ । यसअघि वर्षको १४ हजार ६ सय ३० तिर्दै आएका थिए । त्यस्तै ६६ केभीए वा सोभन्दा माथिको प्रसारणलाईनमा रहेको फाईबरको ६ हजार प्रतिमहिना तिर्नुपर्ने भएको छ । प्राधिकरणको पोलमा सेवा प्रदायक संस्थाले वितरण बक्स राख्नु परेकोमा प्रतिमहिना सो बक्सको पनि ५० रुपैयाँ तिनुपर्ने व्यवस्था ल्याएको छ ।
यसरी प्राधिकरणले भाडा वृद्धि गरेपछि सेवाप्रदायकले इन्टरनेटको मूल्य बढाउने भएका छन् । सुबिसु केबल नेट प्रालिका अध्यक्ष सुधीर पराजुलीका अनुसार विद्युत् प्रतिकरणले संरचना प्रयोग गरेबापत २५ गुणा भाडादर बढाएको छ । यसको असर प्रत्यक्ष रुपमा फेरि उपभोक्तालाई पर्ने भएको उनको भनाइ छ । ब्याकबोन इन्टरनेटमा चार गुणा भाडा बढाएको उनको दाबी छ । उनी भन्छन् ग्राहकलाई प्राधिकरणले भाडादर बढाएको खण्डमा तीन सय रुपैयाँ अतिरिक्त भार थपिने उनको भनाइ छ ।

प्रतिक्रियाहरु