विद्युत् चोरहरुलाई जनही पाँच हजार २०० जरिवाना

२०७३ कार्तिक ८ गते, सोमबार

काठमाडौँ, ८ कात्तिक । महोत्तरीमा नेपाल विद्युत् प्राधिकरणको बर्दिवास वितरण केन्द्रले विद्युुत् हुकिङ गर्ने २१ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।जिल्लाको बर्दिवास नगरपालिका–८ प्रेमनगर र भङ्गाहा–४ रामनगरमा आइतबार प्राधिकरण बर्दिवास वितरण केन्द्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विद्युत् हुकिङ गर्ने २१ जनालाई पक्राउ गरी कारबाही गरेको हो ।
पक्राउ गरिएका २१ जनालाई जनही रु पाँच हजार २०० जरिवाना र विद्युत् हर्जाना असुल गरी आइन्दा विद्युत् चोरी नगर्ने सर्तमा आइतबारै अबेर राति छाडिएको बर्दिवास वितरण केन्द्रका प्रमुख सञ्जिव शर्माले बताए । जिल्लामा विद्युत् चोरी ‘हुकिङ’ बढ्दा ट्रान्सफर्मरको क्षमताभन्दा बढी विद्युत् खपत भइ ट्रान्सफर्मर पड्कने र जल्ने समस्या बढेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार