विद्यालय शुल्क नतिरेपछि …

२०७५ असार २७ गते, बुधबार

काठमाडौं, २७ असार । भारतको दिल्लीस्थित एक स्कुलमा विद्यालय शुल्क नतिरेपछि ५९ बच्चीलाई थुनिएको छ । राजधानीको राबिया गल्र्स पब्लिकले सोमबार शुल्क जम्मा नगरेको भन्दै ५ देखि ८ वर्षका ५९ बच्चीहरु स्कुलमै थुनिएका हुन् । उनीहरुलाई ५ घण्टासम्म शौचालय जान नदिइ थुनिएको थियो । यो घटना मंगलबार सार्वजनिक भएको हो । बच्चीहरुका अभिभावकले बच्चीहरुलाई लिन १२ः३० बजे स्कुल पुग्दा बच्चीहरु कक्षामा थिएनन् ।
शिक्षकले शुल्क नतिरेकाले उनीहरुको हाजिर नभएको बताए । स्कुलकी प्रधानाध्यापक फराह दीबा खानको निर्देशनमा उनीहरुलाई छुट्टै गुम्सिने कोठामा राखिएको थियो । गर्मीले अताल्लिने ठाउँमा उनीहरुलाई गुम्साएर राखिएको थियो । पानी पनि पिउन दिइएको थिएन । अभिभावकले भने सेप्टेम्बरसम्मकै फि तिरेको बताएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु