विद्यालयमा राजनीति ! गाउँपालिका अध्यक्षद्वारा नेविसंघको झण्डावाल कपी र झोला बितरण

२०७५ असार २४ गते, आईतवार

काठमाडौं, २४ असार । रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीमा अवस्थित जलेदवी मा.वि.मा नेपाली काङ्ग्रेसको राजनीतिको अखडा बनेको छ । काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाई र विनिती खड्काले विद्यालयमा राजनीति गर्ने सुनुयोजित चालले संयुक्त रूपमा अभ्यास पुस्तिका र झोला वितरण गरेका छन् । असार १० गते विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री वितरण गर्ने नाममा चौलागाईले आफूलाई समाजसेवी देखाउन नेविसंघको झण्डा रहेको कापी र आफ्नै नाममा झोला छपाएर वितरण गरेका हुन् । विद्यार्थीहरूलाई वितरण गरिएको झोलामा महाधिवेशन प्रतिनिधि भरत चौलागाईको नाम र काङ्ग्रेस पार्टीको नाम उल्लेख गरिएको छ ।
समाजसेवाको नाम दिँदै रामेछापको विभिन्न विद्यालयमा महाधिवेशन प्रतिनिधि भरत चौलागाई र विनिता खड्काले अभ्यास पुस्तिका र झोला वितरण गर्दै हिँडेका छन् । यसरी विद्यार्थीहरूको गरिबीको फाइदा उठाउँदै चौलागाईले समाजसेवाको नाममा विद्यार्थीहरूलाई पार्टीको झण्डा सहितको कापी वितरण गरेको खुलेपछि सर्वत्र आलोचना सुरु भएको छ ।
अर्को रोचक कुरा के छ भने, धावा लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् । उनले तत्कालीन एमाले र माओवादी गठबन्धनबाट सुनापति गाउँपालिका प्रमुखको चुनाव जितेका थिए । तर जलदेवी माविको भवन उद्घाटन गर्दै काङ्ग्रेसको झण्डा अंकित सामग्री वितरण गरेका थिए । जलदेवीमा कक्षा १ देखि १० सम्म अध्ययनरत २११ जना विद्यार्थीलाई वितरण गरिएको उक्त अभ्यास पुस्तिकामा नेपाली कांग्रेसको सैद्धान्तिक नाराहरू लेखिएको छ । महाधिवेशन प्रतिनिधि चौलागाई र खड्काले कापी र झोला वितरणको नाममा विद्यालयमा राजनीति सुरु गरेको आरोप अभिभावकहरूले लगाउन सुरु गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु