विद्यार्थीले विद्यालयमै अन्धाधुन्ध गोली चलाएपछि . . .

२०७५ जेष्ठ ५ गते, शनिबार

काठमाडौं, ५ जेठ । अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । ह्युस्टन शहरभन्दा झन्डै ६५ किलोमिटर टाढा रहेको सान्ताफे माध्यमिक विद्यालयमा विद्यालयकै एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । मारिनेमध्ये धेरैजसो विद्यार्थी नै भएको अधिकारीहरुले जनाएका छन् । गोली चलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विद्यालय परिसर र बाहिर पनि विष्फोटक पदार्थ बरामद गरेको जनाएको छ । गत फेब्रुअरीमा अमेरिकाकै फ्लोरिडा राज्यको पार्कलेण्डस्थित मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलमा भएको गोली काण्डमा १४ विद्यार्थी सहित १७ जनाको ज्यान गएको थियो । त्यसपछि अमेरिकामा बन्दुकको खुला बिक्रीमा नियन्त्रण गर्नुपर्ने माग गर्दै प्रदर्शनहरु भएका थिए ।-एजेन्सी

प्रतिक्रियाहरु