विदेशबाट आउने अपरिचितको फोन नउठाउनू !

२०७६ श्रावण ९ गते, बिहीबार

काठमाडौं, ९ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशका अपरिचित नम्बरहरुबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि त्यस्ता कलहरू नउठाउन र कलब्याक नगर्न सबैमा आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्ता कलको रेस्पोन्स नगरी सोझै प्राधिकरणमा खबर गर्न सबैमा अपिलसमेत गरेको छ । पछिल्लो समय टेलिफोन र मोबाइल नम्बरमा विदेशका अपरिचित नम्बरबाट बारम्बार फोन तथा मिस्डकल आउने समस्या देखिएको छ । यस्तो फोन आउँदा कतिपय मोबाइल प्रयोगकर्ताले रातो देख्ने गरेका र ‘स्काम कल’ भनेर आउने गरेको बताएका छन् । यसले प्रयोगकर्तालाई त्रसितसमेत बनाएको छ ।
प्राधिकरणले यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित दूरसञ्चार सेवाप्रदायकहरूलाई यसको रोकथामका लागि निर्देशन दिएको जनाएको छ ।

प्रतिक्रियाहरु