विज्ञ सम्मेलन सुरु हुँदै

२०७५ आश्विन २६ गते, शुक्रबार

काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ एनआरएनएको आयोजनामा आज काठमाडौंमा विज्ञ सम्मेलन हुँदैछ । नेपाल भित्र र बाहिर रहेका करिब ४ सय विज्ञहरु सम्मेलनमा सहभागी हुदैछन् । नेपाल सरकारको सहकार्यमा हुने सम्मेलनमा कृषि उत्पादन र उर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातावरणीय प्रदुषण न्युनिकरण, व्यवस्थित शहरको विकास, पुर्वाधार विकास, जलविद्युत, व्यवसाहिक शिक्षा, स्वास्य शिक्षा, संघियतामा शिक्षाको मोडल लगायत विषयसँग सम्बन्धित १ सय ६० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने संयोजक हेमराज शर्माले बताए । सममेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे गर्ने बताइएको छ ।
यसैबीच गैरआवासीय नेपाली संघको संरचनामा समय–सापेक्ष सुधार गर्न, निर्वाचनलाई व्यवस्थित बनाउन तथा संघको कार्य–प्रणालीलाई अझ चुस्त बनाउन आज विधानसभाको आयोजना गरिएको संयोजक शर्माले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार