विजयपुर अस्पतालमा तोडफोड

२०७३ फाल्गुन १० गते, मंगलवार

काठमाडौ , १० फागुन । धरानको विजयपुर अस्पतालमा तोडफोड भएको छ । चिकित्सकको लापरबाहीले एपेन्डिसाइटिसको बिरामीको मृत्यु भएको भन्दै आक्रोसित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । पेट दुखेपछि धरान–१७ रेल्वेबाट आफैं मोटरसाइकल चलाएर उपचारका लागि आएका ३० वर्षीय अमित जोशीको शल्यक्रियापछि आज बिहान २ बजे मृत्यु भएको थियो । बिरामीको मृत्युपछि आफन्तले विजयपुर अस्पताल तोडफोड गरेका हुन् । अस्पतालमा तनाव सिर्जना भएपछि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । आफैं मोटरसाइकल चलाएर आएका विरामीको मृत्यु हुनुमा चिकित्सकको चरम लापरबाही भएको आरोप मृतकका आफन्तले लगाएका छन् ।
उनीहरुले लापरबाही गर्ने अस्पताल र चिकित्सकलाई हदैसम्मको कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विजयपुर अस्पताल प्रशासनले भने शल्यक्रिया गरेकै कारण अमितको मृत्यु नभएको बताएको छ ।

प्रतिक्रियाहरु