‘विचार र अन्तरवार्ता लिन लुक्नु पर्ने , यो कस्तो गणतन्त्र ?´

२०७५ फाल्गुन १० गते, शुक्रबार

काठमाडौं, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रेले सरकारले विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने काम गरेको भन्दै आलाेचना गरेका छन । अध्यक्ष डुम्रेले हिजोका दिनमा जनयुद्धकालमा अहिले सभामुख रहेका कृष्ण बहादुर महरा लगायतका नेताहरुको विचार वा अन्तरबार्ता लिन पत्रकारहरु लुक्दै जानु पर्ने बाध्यता रहेकाे स्मरण गराउदै अहिले पनि याे अवस्था कायम रहेकाेमा आपत्ति जनाए । उनले भने,`संगै जनयुद्ध लडेका नेताहरू संसद र सरकारमा हुदा समेत हिजाे संगै लडेका कतिपय नेताहरुको विचार र अन्तरवार्ता लिन अहिले लुक्दै जानु पर्ने अवस्था छ, यो कस्तो गणतन्त्र हो ?´
अध्यक्ष डुम्रेले आफ्नाे पत्रकार संगठन शहिद पत्रकार कृष्णसेन ईच्छुकले देखाएको मार्गमा रहेको पनि वताए । जनपक्षीय पत्रकारिता गर्न अहिलेपनि चुनाैतिपूर्ण रहेकाे भन्दै अध्यक्ष डुम्रेले भनेे, ‘हिजाे जनयुद्ध लडेर आएका सभामुख र कतिपय मन्त्रीहरु संसद र सरकारमा हुदा समेत विभिन्न एेन नियम बनाएर प्रेस स्वतन्त्रता कुण्ठित गर्नु खोज्नु याे दुखद हाे । सम्माननीय सभामुख ज्यु हिजो जनयुद्धमा तपाईं रोल्पा, रुकुम लगायतका आधार क्षेत्रमा हुँदा हामी लुकेर तपाईंको अन्तरबार्ता लिन जाने गर्थेउ, विभिन्न विचार तथा अभिव्यक्ति स्वतन्त्रताको बहस तपाईंले नै गरेको निर्देशन चलाउने गर्थेउ तर अाज संसद र सरकारमा हुदा समेत तपाईं संगसगै जनयुद्ध लडेका कतिपय नेताहरुको अन्तरबार्ता लिन लुकेर जानु पर्ने यो कस्तो लोकतन्त्र हो ? कस्तो गणतन्त्र हो ?’
बिहिबार नेपाल पत्रकार महासंघको पाेखरा सभागृहमा भएकाे केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनमा कार्यक्रममा आफ्नो संगठनको धारणाका साथै शुभकामना दिदै उनले यस्तो प्रश्न गरेका हुन् । उक्त साधारणसभा उदघाटनका प्रमुख अतिथि सभामुख कृष्ण बहादुर महरा थिए भने सभामा संघीय मन्त्रीहरु रवीन्द्र अधिकारी र गोकुल बाँस्कोटा लगायत प्रदेश प्रमुख,प्रदेश संसदका सदस्यहरु, पत्रकार महासंघका पूर्व अध्यक्षहरु, मिडियासंग सम्वन्धित धेरैजसाे सघं/संगठनका प्रमुख एवम् पदाधिकारीहरु तथा देशभरबाट झण्डै १४ सय पत्रकारहरुको सहभागिता रहेको थियो ।
अध्यक्ष डुम्रेले विचार तथा आस्था राख्दा समेत राज्यले धरपकड र हस्तक्षेप गर्ने भन्दै आक्रोस पोखिरहदा प्रमुख अतिथि सभामुख कृष्ण बहादुर महराले ध्यान दिएर सुनेका थिए ।
यसैगरी अध्यक्ष डुम्रेले संचार मन्त्रीलाई संकेत गर्दै भने – ‘मन्त्री ज्यु! तपाईं पुर्व पत्रकार समेत हो, खोई पत्रकारका समस्या बुझेको, भन्दै तपाईंले चलाएको पत्रिकामा समाचार लेख्न र मार्केटिङ गर्ने कतिपय पत्रकारहरु अहिले पनि काठमाडौंमा १ हजारको विज्ञापन उठाउदै हिड्नु पर्ने बाध्यता छ तर तपाई मन्त्री भएर पनि खोई पत्रकारका समस्या बुझेको भन्दै अाक्रोस व्यक्त गरेपछि हलमा सहभागीले गडगडाहट तालि बजाएका थिए । उता डुम्रेले सभामुख महरा र सञ्चार मन्त्री लाई संकेत गर्दै कडा मन्तब्य राखिरहदा सत्तारूढ नेकपा नेता योगेश भट्टराई, पत्रकार महासंघका पुर्व अध्यक्षहरुले महरालाई हेर्दै हासिरहेका थिए । अध्यक्ष डुम्रेले सम्बोधनको क्रममा जनपत्रकार संगठन, नेपाललाई देशैभरका सबै पत्रकारहरूबीच परिचित गराउन पाउँदा खुशी ब्यक्त गरेका थिए । देशभरका सबै पत्रकार एवम् अाम समुदायलाई विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार संगठनकाे नाम ‘क्रान्तिकारी पत्रकार संगठनबाट’ परिवर्तन भएर ‘जनपत्रकार संगठन, नेपाल’ भएकाे घोषणा समेत गरे । डुम्रेले यसकाे औपचारिक घाेषणा भने केही दिनमा गर्ने जानकारी समेत दिएका थिए ।

प्रतिक्रियाहरु