‘विक र क्षेत्रीलाई ससम्मान रिहाई नगरे शसक्त प्रतिरोध’

२०७६ आश्विन १६ गते, बिहीबार

काठमाडौं, १६ असोज । नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्लाले जिल्ला सदस्य धनबहादुर विक र अशोक क्षेत्रीलाई पार्टी कामको सिलसिलामा रहेको बेला असोज १३ गते राति साँढे ९ बजेतिर विनाकारण धनगढीबाट गिरफ्तार गरेकोप्रति घोर निन्दा एवंम भत्र्सना गरेको छ । कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले मंगलबार प्रेस विज्ञप्ति निकाली विक र क्षेत्री दुवै जनालाई अपहरण शैलीमा गिरफ्तार गरि बेपत्ता पारिएको भन्दै निसर्त र ससम्मान रिहाई नगरे शसक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले विज्ञप्तिमा भनेका छन्, ‘अहिले देशमा फासिस्ट केपिबादल कम्पनीले लुटेरा, तस्कर, भ्रष्टाचारी र बलात्कारीहरु लाई संरक्षण गर्ने र क्रान्तिकारी नेताकार्यकर्ताहरु माथी दमन धरपकड, गिरफ्तार गरि यातना दिने कुकार्य गर्दै आएका छ्न । हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी कैलालीका जिल्ला सदस्य कमरेड धन ब. विक र कमरेड अशोक क्षेत्री लाई पार्टी कामको सिलसिलामा रहेको बेला ०७६असोज १३ गते राती ०९ः३० बजे बिना कारण धनगढी बाट अपहरण शैलीमा गिरफ्तार गरि बेपत्ता पारेको छ । कमरेडहरु निसर्त र ससम्मान रिहाईको माग गर्दछौं र कथित कम्युनिस्टको खोल ओढेका दलाल केपिबादल कम्पनीको निर्देशनमा अति उत्तेजित भई मानिसको स्वतन्त्रता पुर्वक बाच्न पाउने मौलिकहक र मानव अधिकारका सम्पुर्ण मुल्यमान्यताको धज्जी नउडाउन सुरक्षाकर्मी मित्रहरु लाई सचेत गराउदछौ । राज्यको यस्तो श्वेत आतंकका विरुद्धमा उभिन संबंधित सबैमा हार्दिक अपिल गर्दछौ । कमरेडहरु को रिहाई नगरिए शसक्त प्रतिरोध गर्ने चेतावनी यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौं ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु