‘वापा’ को महानिर्देशकमा कोइराला

२०७१ फाल्गुन २९ गते, शुक्रबार

काठमाडौँ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा बिगत २५ बर्ष देखी निरन्तर लोक कला, सस्कृतिको संरक्षण तथा सम्बर्धनमा लागेका आर सि कोइराला (रामचन्द्र) “वापा” को महानिर्देशक पदमा नियुक्त भएका छन । २०१४ मा स्थापना भएको “वोर्ल्ड यसोसियसन अफ पर्फोर्मिङ आर्ट्स” (वापा) ले विश्वका बिभिन्न देशका सास्कृतिकबिद हरुलाई बिभिन्न कार्यकरी पद, माहादेश, देशका साथै भिभिन्न क्षेत्रका विभिन्न पदमा मनोनित गर्ने क्रममा आर सि कोइराला (रामचन्द्र) लाई “वापा” को महानिर्देशकमा मनोनित गरेको हो ।
बिगत १७ बर्ष देखी एभरेष्ट नेपाल कल्चरल ग्रुप सन्चालन गर्दै आएका कोइराला बिभिन्न अन्तरराष्ट्रिय संघ सस्थामा आबद्द छन । कोइरालाकै अगुवाईमा एभरेष्ट नेपाल कल्चरल ग्रुपले ६५ भन्दा बढी अन्तरराष्ट्रिय लोक सस्कृतिक मेलामा भाग लीइसकेको छ भने सन् २००२ देखी हरेक दुई दुई बर्षामा नेपालमै अन्तरराष्ट्रिय लोक सस्कृतिक मेलाको आयोजना गर्दै आएका छन । नेपालमा मात्र नभै विश्व लोक सस्कृतिको सम्रक्षन तथा सम्बर्दनमा लागेका कोइरालालाई World Association of Performing Arts WAPA ले महानिर्देशकजस्तो गरिममाया पदमा निर्बिरोध निर्वचित गरेको हो।
कोइराला यस अगिनै Federation of International Dance Festivals FIDAF का एसिया निर्देशक, International organization of Folk Arts IOV का केन्द्रिय सदस्य, International Dance Council CID का केन्द्रिय सदस्य, साथै बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ सस्थामा आबद्द छन ।
यस साथको मुख्य उदेश्य बिश्वमा लोक सस्कृतिको सम्रक्षण तथा सम्बर्दन गर्ने र बिधिन्न देशमा अन्तरराष्ट्रिय लोक सास्कृतिक मेला साथै अन्तरराष्ट्रिय स्तर को प्रतियोगित आयोजना गर्ने र बिभन्न देशको लोक सस्कृतिको बारेमा रिसर्च गर्ने रहेको छ। मनोनित पदको कार्यकाल ४ बर्षको हुने छ।

प्रतिक्रियाहरु