वाइड बडी विमान औषधिजन्य सामाग्री लिन ग्वाङ्जाओ जाने

२०७६ चैत्र १५ गते, शनिबार

काठमाडौं, १५ चैत । नेपाल वायु सेवा निगमको वाइड बडी विमान मेडिकल सामग्री लिन आज दिउँसो ग्वाङ्जाओ जाने छ । वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ ।
मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ । करिब ३० टन मेडिकल सामग्री रहेको बताइएको छ ।
सरकारले कोभिड परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो ।
यसअघि कोभिड–१९ पहिलोपटक फेला परेको चीनको हुवेई प्रान्तको वुहान रहेका नेपालीलाई निगमकै वाइड बडी जहाजले स्वदेश ल्याएको थियो ।

प्रतिक्रियाहरु