वाइडबडी विमान मेडिकल सामग्री लिएर फर्कियो

२०७६ चैत्र २१ गते, शुक्रबार

काठमाडौं, २१ चैत । मेडिकल सामग्री लिन चीन गएको वाइडबडी विमान काठमाडौं फर्किएको छ । विमानमा चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान रहेको बताइएको छ । तर त्यसमा के कति सामान छन् भन्नेबारे खुलाइएको छैन । निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक सामग्री लिन जहाज चार्टर्ड गरेर चीन लगेका थिए । हिजो बिहान साढे ११ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गरेको जहाज आज विहान फर्किएको हो ।
\

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु