वाइडबडी बिमान खरिद प्रकरणमा छानविन

२०७५ भाद्र ७ गते, बिहीबार

काठमाडौँ , ७ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी खरिद प्रकरणमा भएको आर्थिक अनियमितताको छानविन सुरु गरेको छ । आयोगले निगमले खरिद गरेको जहाजको सम्पूर्ण विवरण उल्लेख गरेको फाइल झिकाएर अनुसन्धान सुरु गरेको हो । जहाज खरिदमा बिचौलियासँगको मिलिभगतमा एकलौटी सम्झौता गरिएको बारे निरन्तर प्रश्न उठेपछि अख्तियार आफैले जहाज खरिद प्रकरणको अनुसन्धान गर्नेगरि फाइल झिकाइएको जनाएको छ । निगमको आर्थिक विनियमावली, २०६५ अनुसार निर्माता कम्पनीसँग मात्र नयाँ विमान खरिद गर्न सकिने भएपनि त्यसविपरित एक हजार घण्टा उडेको भन्दै पुरानो विमान खरिद गर्ने प्रक्रिया अपनाएको बिषयमा छानबिनका लागि फाइल झिकाइएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार