वाइडबडी खरिद प्रकरणमा थप विवरण माग्दै लेखा समिति

२०७५ मंसिर १७ गते, सोमबार

काठमाडौं, १७ मंसिर । नेपाल एयरलाइन्सको वाइडबडी खरिद प्रक्रियामाथि अनुसन्धान गरिरहेको संसद्को सार्वजनिक लेखा समितिले खरिद प्रक्रियासँग सम्बन्धित विवरण माग गर्न लिखित प्रश्न तयार पारेको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निगमसँग लिखित जवाफ माग गर्न ४१ वटा प्रश्न तयार पारेको छ । विभागीय मन्त्रालय र निगमका लागि तयार पारिएका फरक–फरक प्रश्न सोमबार सम्बन्धित निकायमा पठाइनेछ । समितिले विभागीय मन्त्रालयका लागि नीतिगत विषयका तीन र निगमलाई खरिद प्रक्रियासँग सम्बन्धित ३८ प्रश्न तयार पारेको स्रोतले जानकारी दियो । आवश्यकता अनुसार अन्य निकायसँग पनि थप प्रमाणका लागि जवाफ माग्ने तयारी पनि समितिको छ तर अन्य कुन–कुन निकायसँग जवाफ माग्ने यकिन भइसकेको छैन । – गोरखापत्र दैनिकवाट ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार