वर्षा र हिमपातको सम्भावना

२०७६ पुष २२ गते, मंगलवार

काठमाडौं , २२ पुष । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभरी देशका पश्चिमी भूभागहरुमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रहरुको केही स्थानमा भने मध्यम हिमपात हुनेछ ।
त्यस्तै, पश्चिमका केही क्षेत्रमा र पूर्वी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
आज राति भने देशको पश्चिमी, मध्य र पूर्वका पहाडी भूभागहरुमा सामान्य र बाँकी भूभागमा आंशिक बदली हुनेछ । उता, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुनेछ । पश्चिमका केही स्थान, मध्य र पूर्वी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार