वर्तमान सरकार इतिहासकै भ्रष्ट

२०७१ मंसिर २८ गते, आईतवार

काठमाडौँ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भएको लगभग एक वर्षपुग्न नै लागेको छ । यसबीचमा कोइरालाको नेतृत्वले खासै उल्लेखनीय काम गर्न नसकेको आमजनतालेब ताइरहेका छन् । कोइराला नेतृत्वको सरकारले वर्तमान सरकारलाई जनताले बताइरहेका छन् । कोइराला नेतृत्वको सरकारले वर्तमान सरकारलाई निकास दिन नसक्नका साथै शान्ति र संविधानको निर्माणको निम्ति उल्लेख्य कार्य गर्न नसकेकोमा र्सवत्र विरोध भइरहेको छ । प्रधानमन्त्री कोइरालाले महँगी, भ्रष्टाचार नियन्त्रण र सुशासनको नारा जति फलाके पनि कुनै सुधार नभएको प्रष्ट छ । प्रधानमन्त्री कोइरालाकै कारण प्रहरी प्रशासन जताततै भ्रष्टाचार मौलाएको छ । प्रधानमन्त्री कोइरालाको कार्यशैली हर्ेदा उनी अर्ति, बुद्धि दिनुमै आफ्नो समय खेर फालिरहेका छन् । देश र जनताको निम्ति कठोर निर्ण्र्ाागर्ने शक्ति प्रधानमन्त्री कोइरालामा देखिएको छैन । प्रधानमन्त्री कोइरालाको यही कमजोरीको कराण देशमा दिनप्रतिदिन महँगी, भ्रष्टाचार र कुशासन मौलाएर गइरहेको छ । प्रधानमन्त्री कोइरालाको यो निरीहपनाको सजाय देश र जनताले भोगिरहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
यसैबीच, नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सरकारका कामकारबाही र संविधान निर्माण प्रक्रियामा पार्टीेतृत्वको एकल निर्ण्र््रति चर्को आलोचना भएको छ । पार्टर्ीीभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा सदस्यहरुले सरकार र पार्टीञ्चालनमा नेतृत्व तानाशाही भएको आरोप लगाए । सरकारका काम कारबाही र संविधान निर्माणका जटिल विषयमा केन्द्रीय समितिसँग सल्लाह नगरी सीमित व्यक्तिले पार्टीीे नाममा निर्ण्राागर्ने अलोकतान्त्रिक भएको उनीहरुको भनाइ थियो । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार गठन भएको ११ महिना बित्दासमेत तीन पटक मात्र केन्द्रीय समिति बैठक बसेको र संविधानका महत्वपूण् निर्ण्राा दुइ/चार जना नेता बसेर पार्टीे नाममा निर्ण्रालिनु अलोकतान्त्रिक पद्धति भएको बताए । शनिबार सरकार गठन भएको ११ महिना पुग्छ’, केसीले भने, ‘यसबीचमा जम्मा तीन पटक केन्द्रीय समितिको बैठक बसेको छ ।’ अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले सदाचारी प्रधानमन्त्रीका मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । भण्डारीले वर्तमान सरकारका मन्त्रीहरु अहिलेसम्मकै सबैभन्दा भ्रष्ट भएको बताए । केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री कोइराला स्वयम् भ्रष्टाचारीको संरक्षक बनेको आरोप लगाए । ‘सदाचारी प्रधानमन्त्री भएका बेला मुलुकमा थप भ्रष्टाचार बढेको छ’, गुरुङले भने, मन्त्रीहरु तस्करीमा लागेका छन् ।’ बैठकमा केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, शङ्कर भण्डारी, कमला पन्त, प्रदीप पौडेललगायतले बोलेका थिए ।

प्रतिक्रियाहरु