वर्गसंघर्ष पहिचान र हाइब्रेड जातीय बिखण्डनका नायकहरू – संसारसेन पृथक

२०७४ चैत्र २४ गते, शनिबार

राजनीति परिवर्तन सँगसँगै व्यापक आर्थिक सामाजिक परिवर्तन भएन भने राज्यको भित्री मुटुमा पुगेर उत्पिडक राष्ट्रले उत्पीडित राष्ट्रमाथि चलखेल गर्ने सजिलो मार्गतय गर्न सक्छन् – फिडेल क्यास्त्रो
हाम्रो देश मुलत भारतमा बेलायत साम्राज्यको दबदबा रहँदादेखिनै वैदेशिक हस्तक्षेप र बेलायत सेनासँग राष्ट्रिय स्वाभिमानका लडाइँ लडदँै आएको इतिहास साक्षी छ नेपालमा जङ्गबहादुरको उदय सँगै युरोपेली साम्राज्यवाद हाबी भएको हो । प्रापुर्वकालदेखी आर्थिक धार्मिक संस्कृतिक अतिक्रमणको माध्यमबाट नेपाल प्रवेश गरेको छ जसलाई टेवा र मलजल गर्ने काम नेपालमा बिगत देखि वर्तमानसम्म आइपुग्दा त्यसको निरन्तरता चलिरहेको छ राना शासनको अन्त्यसँगै थुप्रै पटक प्रजातान्त्रिक आन्दोलन चल्दै आएको साँचो हो खासगरी हरेक राजनीति परिवर्तन नियन्त्रित राजनीति अस्थिरता र अनियन्त्रित स्थिर संविधान नेपाली जनताको अगाडी गल्पासो बनाएर यो अवस्थामा पुगाउने पश्चिमी मुलुकहरू सफल भएका छन् त्यसको मुल कारण नेपालका मुलराजनीतिक पार्टीको मुल नेतृत्वले आफ्नो निहित स्वार्थको लागी राष्ट्रलाई खतरामा राखेर राजनीति खेलमा प्रवेश गर्नु हो ।
राजनीति परिवर्तनको एक समिक्षा ।
आधुनिक नेपाल निर्माण पश्चात् नेपालमा टिके र गुरु दक्षिनाको परिपाटीले जङ्गबहादुर राणासम्म आएको नेपालको शासन व्यवस्था जङ्गबहादुरको उदय सँगै राणा र शाही जादिय राज्यको दिपछिय शक्तिको त्रनाल चलेको थियो पछि भारत स्वतन्त्रता सँगै नेपालमा परेको राजनीतिक प्रजातान्त्रिक प्रभावसँगै रानाहरूको उदण्ड हैकमको बर्खिलापमा राजा त्रिभुवन सहितको संलग्नतामा राणाशासनको विरुद्ध काँग्रेस वामपन्थी र नेपालको नागरिक समाज सहितको संयुक्त पहलमा राना शासन अन्त्य पश्चात् पुन शाही जादिपरिवार शक्तिशाली रूपमा रहिआएको र जनताको मौलिक हकहित अधिकार पुनः पुरानै यथास्थितिमा रहनुले तत्कालीन नेता बिपी कोइरालाले थालिएको राष्ट्रिय मेलमिलापको नीतिअनुरूप राजतन्त्रको अगाडि प्रजातन्त्र तरबारको मुन्तिर तेर्सिएको बलिको बोकाझै भयो जसले २०१९ सालमा राजाले घटाएको फौजिकाण्डलाई लिन सकिन्छ त्यसपछि तिस वर्षसम्म निरंकुश पन्चायती व्यवस्थाले राज्यसताको मुल बागडोर सम्हालेको हो २०४६ सालको जनआन्दोलन पश्चात् प्राप्त उपलब्धिलाई तत्कालीन सत्तसेन दल नेपाली काँग्रेस आर्थिक उन्नति र प्रगति समृद्धिको अलावा भ्रष्टाचार तिब्र अक्रमन्यता सँगै राष्ट्रिय स्वाभिमानका केही मुद्दामा स्वार्थको लागि विक्रिबितरण तिर जानुले नेपाली जनसमुदायमा एउटा तिव्रतम वितृष्णाले ०५२ मा जनयुद्धको जन्म र विधिवत सुरुवात भयो राष्ट्र व्यापक अक्रमन्यता वर्गसंघर्ष र प्रतिपक्षी एमालेको सम्झौता स्वार्थले गर्दा विशेष गरी युरोपेली र अमेरिकी साम्राज्यवादका प्रमुख एजेन्टहरू एनजीओ र आइएनजिओको माध्यमबाट शान्ति र मानव अधिकारवादीको नामले एमालेभित्र व्यापक्ता छायो जसले नेपाली समाजमा नियन्त्रित राजनीति अस्थिरता यथावत राख्न दस वर्षको जनयुद्धको अव्यवस्थित अवतरण गराउन र नेपाललाई आफ्नो स्वार्थसिद्ध गर्न भारतलाई बैशाखी बनाएर युरोपेली युनियन र अमेरिकी साम्राज्यवाद नयाँ परिवन्धसहित आएको तत्कालीन भारत र नेपालका राजनीति दलहरूले बुझ्न नसकेको यथार्थ थियो । जसले १२ बुँदे सम्झौता सहित संघीयता धर्मनिरपक्षताको गलपासो प्रचण्ड मार्फत भिडाइएको हो । माओवादी पार्टीको फुट र गुटपगुटमा विभाजन पनि वैदेशिक गुरुयोजना भित्रको एउटा मुलपाटो हो । तत्कालीन एनेकपा माओवादी जनताबाट अनुमोदित रूपमा शक्तिशाली राजनीति दलको रूपमा स्थापित भएपछि जसले अवैज्ञानिक रूपमा धर्मनिरपक्षता र संघीयताको एजेन्डा जनताको बीचमा लिँदाको परिणाम माओवादी केन्द्र तेस्रो दलको रूपमा स्थापित भयो यसको लगतै संविधान घोषणा र कार्यानयन सँगै पश्चिमी मुलुकहरूले आपूm अनुकुलको एजेन्डा संस्थागत गर्न वामपंथी एकता र पार्टी एकताको नौटङ्की गरेर द्वन्द्वको गलपासो प्रचण्ड मार्फत केपीको गलामा भिडाइएको छ । भने केपीवली मार्फत् नश्लिय राष्ट्रवादको गन्हाउने माला प्रचण्डको घाँटिमा बाँधिएको छ ।
संवेदनशील राष्ट्रिय समस्या र वर्तमान सरकार ः
पश्चिमी मुलुकहरूले भारत र चीनलाई मध्यनजर गरेर एशियाली मुलुकमा आफ्नो बलियो उपस्थिति जनाउनको लागि नेपाललाई सामरिक महत्वको मुख्य ककफिडको रूपमा नेपाललाई मान्दै आएको छ जसको स्वार्थपूर्तिका लागि नेपाल गृहयुद्धको एउटा चरम अस्थिरता बल्झिरहोस् भन्ने अमेरिकी र युरोपेली चहाना मुताबिक आफ्ना एनजीओ मार्फत् धार्मिक क्षत्रीय जातीय साम्प्रदायिक दङ्गा भड्किलो योजनाको बीउ रोपेको छ वर्तमन अवस्थामा पहिचानको नाममा समाजमा सामाजिक विखण्डन र घृणाको राजनीति वामपंथी सरकारको पालाको बिचमै घुसपैठ गराउने खतरापूर्ण योजनाको सुरुवात भएको छ ।
वर्तमन सरकार र मुल समस्या ः
वर्तमन सरकार मुख्यत नेपाली समाजको इमोसनल मानसिकतालाई सम्वोधन गर्न वामपंथी एकताको नाममा युरोपेली गुरुयोजनालाई कार्यरूप दिन बनाइएको बुखेचा हो यो सरकारले वर्तमन अवस्थामा देखिएको मधेसी सिके रावत र पहाडी नश्लिय सिकेरावत जन्माउने कोसिस युरोपेली र अमेरिकी मुलुकहरूबाट भरपुर कोसिस गरिएको छ । जसलाई मलजल पोसन गर्ने काम यो वा त्यो रूपले वामपंथी नामको सरकारको आध्यात्मिक अवस्था आइलाग्ने जरुर देखिन्छ ।
पश्चिमी साम्राज्यवाद र प्रचण्डको राजनीति यात्रा ः
नेपालमा दस बर्षको जनयुद्धको भयानक र खतरापूर्ण तरिकाले हत्या गराएर वैदेशिक साम्राज्यवादको बैसाखी बनेका छन् वर्गसंघर्षलाई विधिवत अन्त्य गराएर जातीय र धर्मका नारामा सस्तो लोकप्रियताको क्षनिक स्वार्थमा एनजीओवादी पहिचानको बाटो अँगाल्नु आपूm र राष्ट्रलाई हस्पिटलको बाटो नभएर मसानघाटको बाटो अबलम्बन गरेका छन् पहिचान र आत्मनिर्णयको बुक्ला फुस्रा प्रचारप्रसारले देशमा साम्प्रदायिक बिखण्डनको उत्पादन गराएको छ एनजीओ र आइएनजिओ यस्ताखाले जातीय क्षत्रीय धार्मिक द्वन्द्व उत्पादन गराउन वामपंथी सरकार र केपी प्रचण्डको टुपि कसेर समर्थन गर्नेछन् अन्तत यो पहिचानको नाममा नेपाली समजलार्ई आफ्नो पाचौं पुस्ता अगाडिको पुस्तालाई भुल्ने प्रकारको नेपाली अनुहारमा गोराहरूको रितिरिवाज ल्याउन वर्गसंघर्षलाई रद्दिको ट्वाङमा फालेर हाइब्रेड साम्प्रदायिक युद्धको तरबार समत्नुलाई कम्युनिस्ट मजाक बाहेक अर्को केही होइन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु