वन्यजन्तु सप्ताह सुरु

२०७४ बैशाख १ गते, शुक्रबार

काठमाडौं, १ बैशाख । आजदेखि २२औँ वन्यजन्तु सप्ताह सुरु भएको छ । ‘युवा अग्रसरता: संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नारासहित सुरु भएको कार्यक्रम वैशाख ७ गतेसम्म चल्ने छ । संरक्षणबारे चेतना दिन यसवर्ष साताव्यापी कार्यक्रम सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । यो अवधिमा सरसफाइ, सचेतनामूलक कार्यक्रम, चरा अवलोकन, जङ्गल सफारी, फोटो प्रदर्शनी, घाँसे मैदान व्यवस्थापन, बाघ र गैँडा संरक्षणसम्बन्धी अन्तक्र्रियालगायतका कार्यक्रम आयोजना गरिएको वन्यजन्तु संरक्षण अभियानका संयोजक जितु तामाङले जानकारी दिए ।
सप्ताहअन्तर्गत आज सरसफाइ, वैशाख २ गते चरा अवलोकनसहित वन्यजन्तुको फोटो प्रदर्शनीको कार्यक्रम रहेको संरक्षणकर्मी तथा वन्यजन्तु फोटोग्राफर सागर गिरीले जानकारी दिए । यस्तै ३ गते गैँडा तस्करले मारेको भन्दै शोक ¥याली निकालिने, ४ गते घाँसे मैदन व्यवस्थापन, ५ गते निकुञ्जभित्रको खोला सरसफाइ, ६ गते बाघ संरक्षणसम्बन्धी अन्तक्र्रिया र ७ गते गैँडा संरक्षणसम्बन्धी अन्तक्र्रिया गरेर कार्यक्रम सम्पन्न गरिने छ । चितवन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, वल्र्ड एजुकेसन सोसाइटी, पर्यटन व्यवसायी समूह, विभिन्न सामुदायिक वन, क्षेत्रीय होटल सङ्घ, रेवान, नेचर गाइड एसोसिएसनलगायत विभिन्न सङ्घसंस्थाको सहकार्यमा सप्ताह सुरु भएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार