वन्यजन्तु बोक्ने एम्बुलेन्स संचालनमा

२०७३ कार्तिक ५ गते, शुक्रबार

काठमाडौ, ५ कात्तिक । आजदेखि वन्यजन्तु बोक्ने एम्बुलेन्स (गाडी) चल्ने भएको छ । काठमाडौमा मानवीय बस्ती र आसपासमा चितुवा, स्याललगायत वन्यजन्तु आएर सताउने र बेलाबखत घाइते वन्यजन्तु भेटिन थालेपछि तिनको उद्धारका लागि वन कार्यालय, काठमाडौंले ‘वन्यजन्तु उद्धार एम्बुलेन्स’ चलाउन लागेको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) अन्तर्गत विश्व बैंकको सहयोगमा सञ्चालित स्ट्रन्थेनिङ रिजनल कोअपरेसन फर वाइल्डलाइफ प्रोटेक्सन इन एसिया (आईडीए प्रोजेक्ट) ले वन कार्यालयमा रहेको ‘वन्यजन्तु अपराध नियन्त्रण केन्द्र’ लाई एम्बुलेन्स आज बिहान हस्तान्तरण गर्दैछ । करिब ३३ लाख ८० हजार रुपैयाँमा खरिद गरिएको उक्त एम्बुलेन्स वन कार्यालय परिसर काठमाडौको हात्तीसारमा रहनेछ ।

प्रतिक्रियाहरु