वन्यजन्तुको लागि एम्बुलेन्स

२०७६ जेष्ठ २९ गते, बुधबार

काठमाडौं, २९ जेठ । राष्ट्रिय प्रकृति संरक्षण कोषले वन्यजन्तुको लागि एम्बुलेन्स ल्याएको छ । नेपालमै पहिलोपटक वन क्षेत्रमै पुगेर घाइते तथा बिरामी हुने वन्यजन्तुको उद्धारका लागि एम्बुलेन्स खरीद गरी ल्याइएको हो ।सौराहामा सञ्चालनमा आउन लागेको वन्यजन्तु अस्पतालका लागि सरकारको भन्सार छुटमा एम्बुलेन्स ल्याइएको हो । २५ लाख रुपैयाँ लागतमा एम्बुलेन्स ल्याइएको कोषका निमित्त प्रमुख रामकुमार अर्यालले बताए । एम्बुलेन्सले चितवन राष्ट्रिय निकुञ्जलगायत तराईका सबै जिल्लामा सेवा दिने अर्यालको भनाइ छ । “वन्यजन्तु घाइते तथा बिरामी भए उद्धारका लागि पुग्छाँै”, उनले भने, “एम्बुलेन्समा अक्सिजन, जनावरको आकारअनुसारको वन्यजन्तु राख्ने भाँडो (केज) लिएर जान्छौँ । वन्यजन्तुलाई अस्पतालमा ल्याएर उपचार गर्छौँ ।”यसअघि नेपालमा वन्यजन्तुको एम्बुलेन्समा राखी उद्धार गरिने व्यवस्था थिएन ।

प्रतिक्रियाहरु