वडाअध्यक्ष पौड्यालको घरमा बम विस्फोट

२०७५ जेष्ठ ७ गते, सोमबार

काठमाडौं, ७ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर ७ वडाध्यक्ष भीम पौड्यालको घर नजिक बम विस्फोट भएको छ । बिस्फोटमा परी बाटो हिँड्दै गरेका दुई बटुवा घाइते छन् । इलाका प्रहरी कार्यालय दमका अनुसार घाइते हुनेमा दमक ८ का तिलोचन पोखरेल र प्रेम कुमारी राई रहेका छन् । उनीहरू श्रीमान श्रीमती हुन् । आइतबार साँझ भएको विस्फोटमा परी घाइते दुबैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।
हिजो मात्रै दमक नगरपालिकामा बस्दै आएका सुकुम्बासीको विना विकल्प उठिबास लगाइएको थियो । पीडितका अनुसार पौड्याले सुकुम्बासी बस्तीमा डोजर लगाउने मुख्य भूमिका खेलेका थिए । उनेल राप्रपाबाट चुनाव जितेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु