वडाअध्यक्ष नै किर्ते कार्यमा संलग्न !

२०७४ चैत्र ५ गते, सोमबार

काठमाडौं, ५ चैत । नेकपा एमालेका स्थानीय नेता तथा स्याङ्जा गल्याङ्ग न पा १ मालुङ्गा वडाअध्यक्ष गणेश बस्यालले किर्ते गरेर स्वयंसेवीकाको जागिर खाइदिएका छन् । साविकको मालुङ्गा-९ धाङलिङ्गमा विगत ४/५ महिनादेखि रिक्त रहेको स्वयंसेवीका पदमा स्थानीय आमा समूहको निर्णयबाट फागुन ७ गते शान्ता भण्डारी नियुक्त भएकी थिइन् । तर वडाध्यक्षले किर्ते गरेर स्थानीय विष्णु खनाल (मथुरा) लाई नियुक्त गर्न फागुन २२ गतेको किर्ते माइन्युट बनाएका थिए । किर्ते कामको विरोध गर्दै स्थानीय अामा समूहले वडाअध्यक्षको कार्यालय घेराउ गरेका छन् । उनीहरुले वडाअध्यक्ष बस्यालले राजनैतिक आस्थाको आधारमा अर्को अाफ्नो मान्छे नियुक्त गर्न लागेको स्थानीयको अारोप छ । वडाअध्यक्षले प्राथमिक स्वास्थ्य केन्द्र मालुङ्गामा कार्यरत अनमी विष्णु माया बस्याललाई अभद्र शब्दहरू प्रयोग गरी गाली गलौच गरी जेल हाल्ने धम्की समेत दिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु