त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने

२०७५ जेष्ठ ७ गते, सोमबार

काठमाडौं, ७ जेठ । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । पहिले १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल आजबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुनेछ। २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने सरकारको लक्ष्य भएतापनि त्यो अहिले सम्भव नभएको बताईएको छ । अहिलेलाई स्रोतको व्यवस्थापन, जनशक्ति आदि कारणले तीन घण्टा कम बाध्य भएको सरकारी पक्षको भनाई छ । विमानस्थलमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय उडानलाई थप प्रभावकारी बनाउन सञ्चालनमा नयाँ पन दिन लागिएको हो । हवाई ट्राफिक व्यवस्थापन तथा उडान र अवतरणमा देखिएका समस्या समाधानका लागि पनि सञ्चालन अवधि बढाइएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार