त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द !

२०७६ भाद्र १५ गते, आईतवार

काठमाडौं , १५ भदौ । दोस्रो चरणको स्तरोन्नतीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ । आज रातिबाट काम शुरु हुन भएकाले चार महिनासम्म विमानस्थल दैनिक सात घण्टा बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ । भदौ १५ गतेदेखि पुस १५ गतेसम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा उडान अवतरण सबै बन्द हुने बताइएको छ । स्तरोन्नतीका कारण विगतमा जस्तो विमान उडान प्रभावित नहुने विमानस्थल कार्यालयले जनाएको छ । हाल विमानस्थलबाट अन्तरिक र बाह्य गरी दैनिक चार सय भन्दा बढी उडान अवतरण हुने गरेका छन् ।
यसअघि पहिलो चरणअन्तर्गत गत चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा उडान रोकेर धावनमार्गको जिर्णोद्धार गरिएको थियो ।
अब दोस्रो चरणअन्तर्गत धावनमार्ग सेन्टरलाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको काम गरिने महाप्रवन्धक क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रियाहरु