पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो

२०७५ भाद्र २१ गते, बिहीबार

काठमाडौं , २१ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा घाटा चुलिंदै गएको भन्दै नियमले मूल्य वृद्धि गरेको हो । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ । मूल्य वृद्धि भएसँगै अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाल र भारतीय रुपैयाँको अवमूल्यन भएकाले भाउ बढाउनु परेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु