लोपोन्मुख प्रजातिको अजिङ्गर फेला प-यो

२०७३ कार्तिक २ गते, मंगलवार

काठमाडौ, २ कात्तिक । कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा सोमबार लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीय बासिन्दा रुपलाल चौधरीको धान खेतमा अजिङ्गर देखे पछि इलाका वन कार्यालय ब्रह्मदेवमा खबर गरेका थिए । इलाका वन कार्यालयका वन रक्षक उमेशबहादुर सिंहले फेला परेको अजिङ्गर सात फिट लामो र छ किलो तौलको रहेको बताए । अजिङ्गरलाई वन रक्षकको टोलीले उद्धार गरी शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बुझाएको छ । अजिङ्गर चुरे क्षेत्रको गणेश सामुदायिक वनबाट बस्तीतर्फ आएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार