लोकसेवामा पुरुषभन्दा महिलाको आवेदन बढी

२०७३ मंसिर २१ गते, मंगलवार

काठमाडौं, २१ मंसिर । लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिलाको आवेदन बढी पर्ने गरेको छ ।आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी गराए । गत आव २०७२/०७३ मा कुल १३ हजार ११२ पदका लागि पाँच लाख ९५ हजार ३१ उम्मेदवारमध्ये ५३।५ प्रतिशत महिलाको आवेदन पर्ने गरेको उहाँले जानकारी गराउनुभयो । कुल आवेदनमध्ये तीनलाख १८ हजार ५०३ महिला र दुई लाख ७५ हजार ८७७ पुरुषको पर्ने गरेको छ । पुरुषको भने ४६।५ प्रतिशतले आवेदन दिने गरेका छन् ।
महिलाको पद बढी खुल्ने र खुला तथा आरक्षण दुवैमा दिन पाउने भएकाले सङ्ख्या पुरुषको भन्दा बढी भएको सूचना अधिकारी समेत रहनुभएका हुमागाईंले जानकारी गराउनुभयो । “महिला जुनसुकै पदमा पनि आवेदन दिन पाउँछन्” उनले भने – “स्टार्फ नर्स, अनमी र सहायक महिला विकास निरीक्षक जस्ता पद महिलाका लागि मात्र छन् ।” उनका अनुसार आयोगमा आव २०७१/०७२ देखि महिलाको पुरुषकोभन्दा बढी आवेदन पर्ने गरेको छ । महिलापछि अहिले आयोगमा मधेसी र पिछडिएका क्षेत्रको सहभागिता पनि बर्सेनि वृद्धि हुने गरेको उनले जानकारी गराए । तर उम्मेदवार छनोटमा भने पुरुषको बढी रहेको छ ।
आवेदन दिएकामध्ये ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत महिला उम्मेदवार नियुुक्तिका लागि छनोटमा पर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोगमा आवेदन सबभन्दा बढी मध्यमाञ्चल विकास क्षेत्रबाट २८।८ प्रतिशत र कम सुदूरपश्चिमबाट ९।६ प्रतिशत पर्ने गरेको छ । पूर्वाञ्चलबाट २४ प्रतिशत, पश्चिमाञ्चलबाट २० प्रतिशत र मध्यपश्चिमाञ्चलबाट १६।९ प्रतिशत आवेदन पर्ने गरेको छ ।
यसैगरी, आयोगमा १० जातिकाले बढी आवेदन दिने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । तीनमा ब्राह्मण, क्षेत्री, मगर, थारु, यादव, नेवार, राई, तामाङ, तेली र दलित जाति रहेका छन् भने नेपाली, मैथिली, थारु, भोजपुरी र नेवारी मातृभाषा बोल्ने बढीले आवेदन दिने गरेका छन् । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार