नेकपाले हतियार भित्र्याएको समाचार कपोलकल्पित र भ्रामक

२०७५ जेष्ठ ६ गते, आईतवार

काठमाडौं, ६ जेठ । नेपाल कम्यूनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेकपाले हतियार भित्र्याएको र सैन्य गतिबिधि गरेको समाचार कपोलकल्पित र भ्रामक भएको बताएका छन । प्रवक्ता प्रकाण्डले उक्त समाचार प्रायोजित ढङले आएको बताउदै यस्तो समाचारप्रति पार्टी गम्भिएर भएको बताएका छ्न । उनले दलालहरुले नेकपामाथी दमन गर्ने कुत्सित मनशायका साथ यस्तो समाचार प्रचारमा ल्याएको ठोकुवा समेत गरेका छ्न । साथै , प्रवक्ता प्रकाण्डले यस्ता भ्रामक समाचारको बिश्वास नगर्न आम जनसमुदाय़ळाई अपिल गर्दै यस्ता भ्रामक, कपोलकल्पित र प्रायोजित समाचार नलेख्न चेतावनीसमेत दिएका छ्न ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु