लेखा अधिकृत भण्डारीलाई कालोमोसो

२०७४ आश्विन २ गते, सोमबार

काठमाण्डौ , २ असोज । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले जिल्ला समन्वय समिति गुल्मीका लेखा अधिकृत प्रेम भण्डारीलाई कालोमोसो दलेका छन् ।
जिल्ला जनसत्ताको तर्फबाट दलिएको कालोमोसोलाई जनकारवाही भनिएको छ । उपभोक्ता समिति र कर्मचारीबाट कमिसन लिएको, तत्कालिन जिल्ला विकास समिति अन्तर्गतका कर्मचारकिो सञ्चयकोष जम्मा नगरी अपचलन गरेको, भ्रष्टाचार गरेर अकुत सम्पत्ती कमाएको, राजनीतिक आवरणमा जिविसमा दादागिरी गरेको र परिवारका नाममा ठेक्कापट्टाको लाईसेन्स लिएर कमिसन लिने गरेकोले जनकारवाही गरेको बताइएको छ । भण्डारीको कार्यकक्षमा छोडेको पर्चामामा उक्त कुरा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु