लुम्बिनी पर्यटन महोत्सव मङ्सिर १८ गतेदेखि

२०७१ मंसिर १३ गते, शनिबार


काठमाडौँ । भैरहवास्थित सिर्द्धार्थ रङ्गशालामा आगामी मङ्सिर १८ गतेदेखि छैठौँ पश्चिमाञ्चल क्षेत्रीय मेला र औद्योगिक व्यापार तथा लुम्बिनी पर्यटन महोत्सव हुने भएको छ । अहिले मेला स्थलमा स्टल निर्माण, मञ्च निर्माण, स्टल दर्तालगायत ७० प्रतिशत काम सम्पन्न भइसकेको आयोजकले जनाएको छ । रुपन्देहीको मर्चबारदेखि मुस्ताङसम्मका विशिष्टीकृत वस्तु तथा सेवाको प्रदर्शन तथा प्रवर्द्धन गरिने यो महोत्सवमा ३०० स्टल दर्ता भइसकेको मेला आयोजक समितिले जनाएको छ । विगतका भन्दा पृथक बनाइने यो महोत्सवले यस क्षेत्रको पर्यटन, कृषि, उद्योग तथा व्यापार प्रवर्द्धनमा सहयोग पुर्याउने, स्थानीय स्तरमा उत्पादित वस्तु तथा हस्तकलाका सामग्रीको बजार प्रवर्द्धन गर्ने, रुपन्देहीलाई पर्यटकीय औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा विस्तार गरी सिर्द्धार्थनगर र लुम्बिनीमा आन्तरिक एवं बाहृय पर्यटनलाई पर््रवर्द्धन तथा प्रचार-प्रसार गर्ने, औद्योगिक प्रतिष्ठान तथा उपभोक्ताबीच प्रत्यक्ष सर्म्पर्क र भेटघाट गराउने माध्यमको रुपमा ठूलो भूमिका खेल्ने मेला आयोजक मूल समिति संयोजक तथा संघका अध्यक्ष विष्णु शर्माले जानकारी दिए । ‘लुम्बिनीको बृहत्तर विकासः राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको यो मेलामा ३०० बढी स्टल राखिने स्टल व्यवस्थापन संयोजक भीष्म न्यौपानेले जानकारी दिए । उनले अहिलेसम्म ३०० जति स्टल दर्ता भइसकेको र अन्य स्टल दर्ता हुने काम धमाधम भइरहेको समेत बताए । दश दिनसम्म चल्ने महोत्सवमा कृषि, तयारी पोसाक, वित्तीय संस्था, अटो मोबाइल्स, होटल, कुटिर उद्योग, स्थानीय उत्पादनसहितका स्टल रहने जनाइएको छ । मेलामा पश्चिमाञ्चल क्षेत्रका विशिष्टीकृत वस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रवर्द्धन, लुम्बिनीभित्रका गुम्बाका साथै रामग्राम, तिलौराकोट, देवदहलगायतका स्थानको वृत्तचित्र प्रदर्शनी गरिने छ । यस क्षेत्रका कृषि फार्मको अवलोकन भ्रमण, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको साङ्गीतिक प्रस्तुति, भैरहवा आइडल तथा कुस्ती प्रतियोगिता जस्ता आकर्षा मेलामा रहने संयोजक शर्माले जानकारी दिए । मङ्सिर २८ गतेसम्म चल्ने मेलामा तीन लाख दर्शकले आउने र करिब रु. १० करोडको कारोबार हुने आशा आयोजकले गरेको छ ।

प्रतिक्रियाहरु