लिवियामा सशस्त्र समुहद्वारा विमान स्थल कब्जा

२०७१ भाद्र ८ गते, आईतवार


काठमाडौ, ८ भदौ । लिबियाको सशस्त्र समूहले बिमानस्थल कब्जामा लिएको छ । लडाकु समूहका आक्रमणका कारण बिगत दुई महिनादेखि बन्द रहेको बिमानस्थलमा हातहतियार सहित प्रवेश गरेका लडाकु समूहले उनीहरुले बिमानस्थल सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई नियन्त्रणमा लिई बिमानस्थल कब्जामा लिएका हुन् ।लडाकु समूहले बिमानस्थल कब्जामा लिई खुशीयाली मनाएको दृष्य इन्टरनेटमा सार्वजनिक गरेको छ । कब्जामा रहेको बिमानस्थलमा लडाकु समूहले पहरा दिइरहेका छन् ।
सन २०११ मा लिबियामा शासक मुअम्मर गद्दाफीको पतनपछी सशस्त्र द्धन्द्ध चर्किएको छ । सशस्त्र समूह र सुरक्षाकर्मीबीचको संघर्षमा हालसम्म सयौं मानिसको मृत्यु भइसकेको छ । विमानस्थल कव्जामा लिएपछि लिवियाभर सुरक्षाव्यवस्था कडा तुल्याइएको छ ।

प्रतिक्रियाहरु