लिबियाली प्रधानमन्त्री थानीमाथि आक्रमण

२०७२ जेष्ठ १३ गते, बुधबार

काठमाडौं, १३ जेठ । अन्तर्राष्ट्रियस्तरबाट मान्यता पाएका लिबियाली प्रधानमन्त्री अब्दुल्ला अल थानी ज्यानै जानेगरी गराइएको एक आक्रमणबाट मुस्किलले बचेका छन् । संसदको बैठकपछि फर्कने क्रममा राजधानी टोबुर्कमा बन्दुकधारीहरुले प्रधानमन्त्रीको कारमा आक्रमण गरेको एक सरकारी प्रवक्ताले जनाएका छन् ।आक्रमणमा प्रधानमन्त्रीका एक अंगरक्षक भने घाइते भएका छन् ।सन् २०११ मा कर्णेल गद्दाफी अपदस्त भएपछि अशान्त रहेको लिबियामा मिलिसियाले २०१४ मा राजधानी त्रिपोलीबाट निकालेपछि थानीले टोबुर्कबाट देश चलाउने कोसिस गर्दै आएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु