लाल सलाम राप्ती – धनबहादुर चन्द

२०७२ भाद्र १२ गते, शनिबार

अञ्चलको उत्तरी पूर्वबाट सल्यान, प्युठान हुँदै दाङको दक्षिण पश्चिमतर्फबाट बाहिरियको राप्ती नदि, पुर्ब तिर अथक हासिरहने ठुला ठुला हिम्शृङ्खला सिस्ने जल्जला, मगर जनजाती, दतित र सम्पुर्ण जातजाती तथा भासाभासी, तराइ तथा भित्रि मधेस, बनजङगल, खोलानाला, खेतियोग्य उर्बर भुमी तथा प्राकृतिक सम्पदाको खानी हो राप्ती। यहाँ आउने जो कोहि पनि लालाहित हुन्छ रत यस्मा विशेष प्रकारको यौटा रहस्य बसेको छ । नेपाल एउटा बिकासोन्मुख देस मानिन्छ परापूर्वकालमा विभिन्न वंशहरुले शासन गरेर चलायको नेपाल राजा पृथ्वीनारायणले विभिन्न राज्य एकिकरण गरेर समग्र नेपाल बनायको मानिन्न्छ । हामीले अधयन गरेअनुसार नेपाल मा भयानक जातिबादी संघर्ष भएको कुरा थाहापाउन सक्छौँ । २००७ साल मा पनि एकलौटी शासनका शासक राणाहरुका विरुद्ध प्रजातन्त्रका नाममा नेपालीहरुले बलिदानी गरेका थिए । त्यतिबेला जनताको अथक प्रयास पछि प्रजातन्त्र त स्थापित भयो तर पुरानो सर्बसत्ताबाद राजतन्त्र कायमै रहिरयो र जो संघर्षबाट प्राप्त उपलब्धि थियो । यसलाई काँग्रेसीयाहरु (जो आपूmलाई प्रजातान्त्रिक कडि ठान्दछन्) ले एकलौटी प्रयोग गर्नखोजे र जनतमा फेरि निरसा पैदा भयो र बिरोधका लागि नेपालमा कम्न्युस्ट पार्टीको स्थापना भयो । यसैबिचमा २०४७ ओरिपरी आउँदा झापा बिद्रोह पछि यक्लौटी सम्बिधान केही हेरफेर त गरियो तर उनीहरुकै अनुकुलताम र जनतालाई फेरिपनि पछाडी धपाइयो अथवा जनमुखी संबिधान बनेन । तेसपछि काँग्रेस त राजाको चाकरी भैसकेको थियो तर कम्न्युस्ट पार्टी लगायत देसभक्त तथा रास्ट्रबादिहरुमा एउटा प्रकारको तरङ्ग पैदाग¥यो अथवा भनौं सर्बत्र खैलाबैला मच्चियो र यो कुरापनि साचोहो कि सम्पुर्ण देसभक्त तथा रास्ट्रबादिहरुलाई गोलबन्द हुने मौका पनि मिल्यो । हुँदाहुँदै कम्न्युस्टहरुमा पनि बैचारिक द्वन्दको शृजना भयो र मसाल, मोटोमसाल, पातलोमसाल, जनमोर्चा, माले आदि आदि हुँदै बिकसित रुप बन्नपुग्यो नेकपा एमाले जो तत्कालिन प्रजातान्त्रिक सक्तिसङग मिल्नपुग्यो र अर्काे नेकपा माओबादी ।
यसरी बिभिन्न उतारचढावका बाबजुद २०५२ फालगुन २ मा चुनबाङ बिस्तारित बैठकले जीवन र मरनको निर्णायक सङ्घर्सको निर्णय लियो त्यो हो दीर्घकालिन जनयुद्ध । धेरैले त यसलाई वास्ता पनि गरेनन कि कि न त यसको संख्यात्मक बृदी न त सङ्गठनात्मक बिकासनै थियो । हो यहि ठाउँ हो जहाँ पुरानो सर्बसत्ता वा निरंकुश तानासाही राजतन्त्रको बिरुद्ध धावा बोलेको ठाउँ राप्ती !
जहाँ राजनीतिमा भयानक उथलपुथल पार्ने निर्णय दिएको थियो त्यो त्यहि ठाउँ हो राप्ती !
पार्टी निकै अनुसासित बनाउनु पर्ने र जुझारु बनाउनुपर्ने एकहिसाबले च्यालेन्ज, चुनौती र नैतिकता पनि थियो । पार्टी अनुरुप सङ्गठन, सेना, मेलमिलाप, स्थायित्व आदि जस्ता कामहरुलाई पनि अगाडि बढाईयो । फलस्वरूप पार्टी सोचेअनुरुपकै भयो । यहाँसम्म आइपुग्नु राप्तिका बिषेशत रोल्पालीहरुको अथक त्याग छ । मान्छेको जीबनयापनसँग सँगै रम्नसिके माओबादी, जनताका दुख, सुखमा हातेमालो गर्नसिके माओबादी, जे जनताले दिन्छ र जे जनताले खान्छ त्यसमै आनन्द लिनासिके माओबादी अबत जनमुक्ती सिपाहिहरु पनि तयार भइसके । राज्यका हरेक क्षेत्रहरुमा कार्यबिभाजन भयो यति हुँदासमेत साहि सत्ताले टेर पुच्छर लायन । त्यसपछि हरेक गाउँबस्तिहरुमा रहेका साहिसत्ताका पाल्तु पुलिसहरुका चौकीहरुमा ढुङ्गा मुडा र सीमित खुकुरिकी बलमा हमला थालियो र सफलपनि भैयो ! यो ऊर्जा, यो हौसला त्यहि राप्तिले दियो । नेपालका हरेक गाउँगाउँमा तहल्का मचियो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा हङ्गामा मचियो तर आतंककारीको बिल्ला भिराएर ।
यो दुनियाँ कति बिचित्रको छ जसले जनताको लागि जनताकै घरबाट आँटापिठो खाएर जनताकै पक्षमा उभिन्छ र मुक्तिकामी जनताका लागि जीवनमरणको लडाइँ लडिरहेका छन् उसैलाइ आतंकाकारी ? जनताको साथ अझ बढ्दै गयो, उत्पीडनमा परेका जनता, दलित, जनजाति, आदिबासी, महिला, मुस्लिम, जस्ता अल्पसंख्यक जनताहरुले राहतको सास अथवा मुक्तिको सास फेरेको महसुस गरे । धेरै ठुला ठुला हमलाहरु भए । जस्तै– रुकुम खारा आक्रमण, होलेरी आक्रमण, सत्बरिया आक्रमण, साफेबगर आक्रमण, बेनि आक्रमण आदिअस्ता शाहीसेनाका ब्यारेकहरुमा हमला भयो । मुक्तिको लडाइँमा हजारौँले साहदत प्राप्त गर्नुभएको छ, हजारौं घाइते हुनुहुन्छ त्यस्तै मात्रामा बेपत्ता हुनुहुन्छ ।
हो त्यही भूमि हो, जहाँबाट २४० बर्षसम्म जरा गाडेर बसेको निरंकुश तानाशाही राजतन्त्रका विरुद्ध नेकपा माओवादीको नेतृत्वमा धावा बोलेको थियो, मसाल जुलुस बालेको थियो, मुक्तिका निम्ति जीवनमरणको लडाइँ लड्ने सङ्कल्प गरेको थियो । ‘राप्ती’ गाउँगाउँमा बिजयका गीतहरु गुन्जिन थालेका थिए, विजयका रक्तिम किरणहरु उदाउन थालेका थिए । यहाँका जनतालाई आप्mनो सन्तान गुमाएको पीडाभन्दा पार्टी तथा कार्यकर्ताको अभूतपुर्व माया र स्नेहको भाव झल्किन्थ्यो । देहद्रोहीहरु सदरर्मकाम केन्द्रित भइसकेका थिए । गाउँगाउँमा जनअदालत, जनसेना, जनसत्ता, आधारइलाका ओहोस् जनता साच्चै राज्यसत्ता परिबर्तनको महसुस गरिरहेका थिए । पूर्बमेचीदेखि पश्चिम महाकालीसम्म तथा गाउँको ८० प्रतिशत भूभाग पूरै माओवादीमय भएको थियो । जब रोल्पा जनताको मुक्तिको बिगुल बज्थ्यो, सिस्ने जलजला खुलेर हास्थे, सारा नेपाली जगत जगमगाउँथ्यो । सिस्ने जलजलाको काखमा तैनाथ लस्करै जनसेनाको अगाडि गर्बले छाती फुलाउदै कमरेड प्रचण्डले कोटेसन दिन्थे र भन्थे अब गणतान्त्रिक नेपालको राजधानी रोल्पा हो भनेर ।
रोल्पा, रुकुम, प्युठानका भयानक ओडारहरु आलीसान महल थिए । चिल्ला गाडी पजेरो, प्राडोहरु मकै, कोदो, फापर खाएका घोडा थिए । सल्यानलगायतका पहाडीशृंखलाहरु चेकपोस्ट थिए । कोही पनि काम विशेष स्वायत्त मगरात राज्यमा जाँदा प्रवेशाज्ञा लिनुपर्ने । जनताले नै विभिन्न बिकास निर्माण गरेका थिए जस्तै– जनपरिचालन, बाटोघाटो निर्माण, लोकमार्ग सडक निर्माण आदिजस्ता थुप्रै ।
यता २०५८ दरबार हत्याकान्डपछि जल्लाद राजा ज्ञानेन्द्रले विभिन्न बहानामा एमाले, काँग्रेसीयालगायतका नेता, कार्यकर्ता भनाउँदालाई जेलको चिसो चखाइरहेका थिए । बाध्यताबश तत्कालिन नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको रोहबरमा आफ्नो अस्तित्व बचाउका निम्ति बार्ताटोली गठन गरेर एमालेका केही नेतासहित माओवादीको शरण पर्न रोल्पा पुगेको कुरा स्पस्ट छ । योभन्दा पहिले पनि बार्ता नबसेको त होइन तर यसले १२ बुँदे सम्झौतासम्म जाने परिस्थितिको एउटा आधार तयार पारेको थियो ।
दसकौँसम्म चलेको गृहयुद्धले नेपाली जनता आजित भइसकेका थिए र माओवादी पनि शान्ति नै चाहन्थ्यो । यसरी सत्तासीन ७ दल र माओवादीले गरेको बिस्तृत शान्तिसम्झौता यहाँका गरिब, दुःखी, महिला, जनजाति आदिबासी, शोषित, पीडित, निमुखा, दलित, मधेसी मुस्लिम आदिका हकअधिकार सुनिश्चित र स्थापित गर्नकै लागि १२ बुँदे भएको हो साथै माओबादी र अन्दोलनहरुकै सहभागितामा नै १९ दिने ऐतिहासिक जनआन्दोलनले २४० वर्ष पुरानो निरंकुश तानाशाही राजसंस्था सदाका लागि पत्तासाफ भयो ।
हामीलाई विश्वास थियो कि काँग्रेस, एमाले अब त सुध्रिए, अब त मिलेर जनुको बिकल्प छैन भनेर तर १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा हाले पनि बाङ्गाको बाङ्गै भनेझैँ माओवादीलाई धोका दियो । शान्ति स्थायित्वको नाममा जनताको सेनालाई लज्जास्पद तरिकाले स्खलित बनाइयो, जितेर प्राप्त गरेका हतियार बुझाइयो, आधार इलाका, जनअदालतलगायत सम्पूर्ण शक्तिकेन्द्र निर्ममतापूर्वक खारेजी गरियो र अन्ततगत्वा पार्टीलाइ कुटनीतिक तरिकाले नै छियाछिया बनाइयो र दस बर्षसम्म जनयुद्ध हाँकेका जनमुक्ति सेना अयोग्यको संज्ञा दिइयो र भाडा स्वरुप केही पैसामा खाडीका देशहरुमा बेचियो । सायद यो जति पीडा एउटा राष्ट्रभक्त सिपाहीलाई अरु के नै होला र ? ए छोटे राजाहरु हो तिमीहरुले प्रचण्ड बाबुरामलाई कति–कतिमा किन्यौँ र प्रचण्ड– बाबुराम हो तिमीहरु कति–कतिमा बिक्यौ ? एउटा कुरा हेक्का रहोस् तिमीहरुको किनमेल भए पनि महान् अभिभारा बोकेको हाम्रो क्रान्ति तथा जनताका जायज मुद्दा कदापि बेचिने छैनन् । सहरको आलीसान महलमा बसेर रोल्पाको झुपडीको बास बिर्सियौ ? पजेरो र प्राडोले गर्दा त्यतिबेलाको घोडा बिर्सियौ ? सरकारी फुलिवाला पुलिस हुँदा जनमुक्ति सेन बिस्यौ ? पाँच तारे होटलको भातले रोल्पाको जनताले छाक काटेर दिएको ढिँडो बिक्र्यौ ? सायद यसकै याद भुल्नलाई होला आज नौटङ्की संबिधानको नाममा क्षतबिक्षत पार्न खोज्दैछौ तर तिमीहरुको चाहना कदापि पूराहुनेवाला छैन । दस बर्षे युद्धले हामी जनतालाई अबिस्मरणीय शिक्षा दिएको छ ।
यो महान् यात्रामा राप्तिले गरेको योगदान अतुलनीय छ । बाँकी क्रान्तिको कार्यभार हामी युबाहरुको काँधमा आएको छ, यसलाइ जिम्मेवारीका साथ लिने छौं । तेसको लागि राप्तिले जुनसुकै मुल्ले चुकाउन पनि तयार छ । क्रान्तिको झन्डा झुक्न दिने छैनौं राप्तीले हिजो पनि होनहार योद्धा जन्मायो र फेरि पनि जन्माउने छ र क्रान्तिको बिगुल पनि राप्तिबाटै घन्किने छ । त्यसैले त हाम्रो राप्तीसँगको अटुट सम्बन्ध छ । त्यसैले म भन्छु छाती फुलाएर मेरो राप्ती ‘लाल सलाम राप्ति’ ।

प्रतिक्रियाहरु