लामो दुरीका यात्रुवाहक सवारीसाधन संचालनमा रोक

२०७६ चैत्र १० गते, सोमबार

काठमाडौं , १० चैत । सरकारले आजदेखि लामो दूरीको यात्रुवाहक सवारीसाधन संचालनमा रोक लगाएको छ । गत शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आजदेखि लामो दूरीका यात्रुबाहक सवारीसाधन संचालनमा रोक लगाउने घोषणा गरेका थिए । आजदेखि अन्तरजिल्ला अर्थात एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात संचालनमा रोक लगाइएको छ ।
केही दिनका लागि यो नियम लागू भएको हो । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम बढेको र यसले त्रास पनि निम्त्याएको भन्दै सरकारले सार्वजनिक यातायातमा केही दिनका लागि रोक लगाएको हो । यातायात व्यवस्था विभागका अनुसार लामो दुरीका सवारीसाधन भन्नाले २ सय ५० किलोमिटरभन्दा बढी दुरीमा गुड्ने सवारीसाधनलाई बुझाउँछ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने त्रासका कारण विद्यालयसहितका शैक्षिक संस्था बन्द भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार