लाटोकोसेरो तथा हुचिल उत्सव शुरु

२०७४ माघ १९ गते, शुक्रबार

काठमाडौं, १९ माघ । युवा सञ्जाल जिरी र प्रकृतिका साथी काठमाडौंको संयुक्त आयोजनामा दोलखाको जिरीमा दुई दिने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०७४ शुरु भएको छ । संरक्षणको कमिका कारण संकटमा परेको लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि सो उत्सव शुरु गरिएको हो । यसले लाटोकोसेरो मात्र नभई अन्य जंगली जनवार तथा पंछीको समेत संरक्षणमा टेवा पुग्ने गौरीशंकर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहले बताए ।
लाटोकोसेरोलाई किसानको साथी पनि भन्ने गरीन्छ । कृषकहरुले मेहनत गरी उजाएको अन्नााली खाएर दुख दिने मुसो लाटोकोसेरोको मुख्य खाना हो । जसले राती मात्र आँखा देख्छ र रातीमा मात्र यसले मुसाको शिकार गर्ने हुँदा यसले मुसाबाट किसानलाई छुटकारा दिने बताइन्छ । यो पंछी झट्टा हेर्दा टाउको विरालो जस्तो देखिए पनि यसको शरीर पंछीको नै हुन्छ । तर यसको संख्या वर्षेनी घट्नेक्रममा छ । नेपालबाट मात्र वर्षेनी दुई हजारको हाराहारीमा चोरी शिकारी गरी तस्कारी हुने र तस्किरीको नाका दोलखामा तीन वटा रहेको प्रकृतिका साथीहरु काठमाण्डौँका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।
यस अघि विभिन्न जिल्लामा गरी ६ वटा उत्सव मनाई सेकेको प्रकृतिका साथीहरु काठमाण्डौँले ७औँ पटको उत्सव दोलखाको जिरीलाई रोजेको हो । संरक्षणको अभावमा यो पंछीको चोरी शिकारी हुने गरे पनि यसको संरक्षणकोे लागि खास कतै पनि पहल हुन सकेको छैन । यसको संरक्षणका लागि टेवा पुग्नुका साथै पर्यटकहरुलाई जिरी भित्राउने गरी उत्सवको आयोजना गरीएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काले बताए ।
वर्षेनी करोडौं मुल्यको लाटोकोसेरो तथा हुचिल नेपालबाट बाहिरी देशमा चोरी तस्कारी हुने गरेको तथ्य प्राकृतिका साथी काठमाडौँले सार्वजानीक गरेको छ । किसानको साथी भए पनि संरक्षणको अभावमा दिनानु दिन हुचिल जातको पंक्षी लोप हुने क्रममा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार