ललिता निवास जग्गा प्रकरण : अभियोगी विशेष अदालतमा उपस्थित नभए पक्राउ गरिने

२०७६ फाल्गुन ११ गते, आईतवार

काठमाडौं, ११ फागुन । विशेष अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले दायर गरेको मुद्दाका आधारमा ३४ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएकोमा ३४ जना प्रतिवादीलाई उपस्थित हुन भनिएको हो । जसमा भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन निर्देशकहरु पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य छन् । यस्तै विशेष अदालतले मालपोत कार्यालय डिल्लीबजारका पूर्व प्रमुख टिकाराम घिमिरे र कलाधर देउजा तथा शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतमको नाममा पनि म्याद जारी गरेको छ ।
१५ दिने म्याद जारी गरिएका ३४ जना मध्ये २४ जना कैद सजायँ र जरिवाना माग दाबी गरिएका प्रतिवादी छन् । अरु दश जना भने सरकारलाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएकाहरु परेका छन् । बालुवाटारस्थित ललिता निवासको ११२ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्यितारले गत माघ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले मुद्दा दायर गरेकाहरूको सूचीमा रहेका तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री गच्छदार, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र मन्त्री चन्द्रदेव जोशीका नाममा दोस्रो चरणमा म्याद जारी गर्ने विशेष अदालतको तयारी छ ।
यस्तै अख्तियारले पूर्वसचिवत्रय दीप बस्न्यात, छवीराज पन्त र दिनेशहरि अधिकारीसहित ११० जनालाई कैद सजायँ र बिगो माग दाबी गरेको छ भने ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएर मुद्दा हालेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार