ललितपुरमा ३९ जना डेङ्गुका बिरामी भेटियो

२०७६ भाद्र ३० गते, सोमबार

काठमाडौं , ३० भदौ । गत भदौ २३ गते २० जना डेङ्गुका विरामी भेटिएको ललितपुरमा उक्त संख्या बढेर ३९ जना पुगेको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको परीक्षण गर्दा डेङ्गुको संक्रमण फेला परेको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए । जिल्लाका सबै स्थानीय तहमा डेङ्गुविरुद्ध ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको डा. गेलालले बताए । गत वैशाखमा सुनसरीको धरानमा डेङ्गु देखिएको थियो ।

प्रतिक्रियाहरु