‘लफंगो टोलीसँग वार्ता गर्नुको कुनै अर्थ छैन’

२०७५ भाद्र ३० गते, शनिबार

काठमाडौं, ३० भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सरकारले सार्वजनिक गरेको वार्ता टोली हैसियतविहीन भएको बताउँदै वार्ता गर्न नसकिने बताएका छन् । सरकारी वार्ता टोलीको रुपरंग हेर्दा समस्या समाधान नभई बल्झाउने किसिमबाट सरकार अगाडि आएको बताउँदै ‘लफाङ्ग वार्ता टोली’सँग वार्ता गर्नुको कुनै औचित्य र अर्थ नभएको बताए । चौथोपटकको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसका उपस्थित गराउन बिहीबार काठमाडौंस्थित सर्वोच्च अदालतमा ल्याइपुर्याइएका प्रकाण्डले पत्रकारसँगको छोटो भेटमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रकाण्डले भने ‘ओली सरकारले गठन गरेको लफाङ्ग वार्ता टोलीमा गठन गरेर देश र जनताको समस्या समाधान होइन कि क्रान्तिकारी शक्ति नेपाल कम्युनिस्ट पार्टी र तिनका नेताकार्यकर्तालाई चेप्ने, पेल्ने र सिध्याउने षडयन्त्र देखिरहेका छौं ।’ उनले पार्टीका दर्जनौं नेता कार्यकर्तालाई झुठा आरोप र जेलमा राखेर वार्ताको आह्वान गनु हास्यास्पद मात्र भएको बताए ।
सरकारमा बस्नेभन्दा बाहिरका मान्छेहरु बटुलेर वार्ता बनाएर नेकपालाई छक्याउन खोजेको धारणा उनको छ । साँच्चिकै वार्ता गर्ने सरकारले आन्दोलनमा रहेका पार्टीका नेता कार्यकर्तामाथि दमन, झुठा मुद्दा खारेज तथा खुला राजनीतिक गतिविधि गर्नबाट रोक नलगाएर देखाउन सरकारलाई चुनौति दिए । नेकपा इमान्दारिपूर्वक गरिने वार्ताका लागि सदैव तयार रहेको पनि स्पष्ट पारे ।
नेकपाका नेताहरुलाई भौतिक रुपमै सिध्याएर सरकार अघि बढेपनि राष्ट्रवादी नेपालीले उठाएको क्रान्ति नरोकिने जिकिर गर्दैै नेकपासँग राजनीतिक प्रतिस्पर्धा गर्न नसकेपछि सरकार र गृहप्रशासन दमन र झुठा मुद्दाको साहरामा फस्न पुगेको उनको भनाई थियो ।
साथै प्रकाण्डले आफू सरकारसँग ज्यानको भीख नमाग्ने समेत प्रष्ट पारे । ‘सामाजिक दलाल सरकारसँग क्राान्तिको अगाडि ज्यानको भीख माग्ने कुरा आउँदैन, बलिदान दिन तयार भएरै अलपत्र पारिएका क्रान्तिको झण्डा उठाएका हौं’ प्रवक्ता प्रकाण्डले भने ।
आफूहरुले चुनावअगाडि देखि नै भन्दै आएको नेपालमा नागरिकलाई राजनीतिक अधिकारसहित राज्यव्यवस्थामा सहभागी गराउन र समस्या समाधान गर्न दलाल संसदीय असफल भइसकेको र जनताको राज्यसत्ता वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प नरहेको कुरा अहिले पुष्टि भएको बताए ।
आफ्नै अदालतको आदेश नमानेर ओली सरकार फासीवादी यात्रामा लागेकोले सरकार जनताबाट कटिसकेको बताए । नेपाली जनताले आफ्नै बलबुतामा उठाएको क्रान्ति (जनयुद्ध)लाई प्रचण्डले धोका दिएकै कारण जनताले राष्ट्रघात, भ्रष्टचार, महंगी, तस्कर, अभाव, हत्या–हिंसा, बलात्कार खेप्नु परेको उनले बताए ।
‘प्रचण्ड बेफकुप भएपछि नै जनयुद्धको सुराकी र घाँटी निमोठ्न तल्लीन केपीहरुले निर्लज्जासाथ आज हाम्रो हातमा हत्कडी लगाइयो। यत्तिकैमा क्रान्ति रोकिनेवाला छैन । बरु यसको मूल्य केपी–प्रचण्डहरुले तिर्न नसकिने हुन्छ’ प्रकाण्डले भने ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु