लघु जलविद्युत् आयोजनाहरु धमाधम बन्द हुदै

२०७४ फाल्गुन २३ गते, बुधबार

काठमाडौं, २३ फागुन । तेह्रथुमका लघु जलविद्युत् आयोजनाहरु धमाधम बन्द हुन थालेका छन् । लघु जलविद्युत् आयोजनाहरु निर्माण गर्दा सरकारी अनुदान पाउने तर मर्मत सम्भार गर्न सहयोग नपाएपछि त्यस्ता आयोजना बन्द हुन थालेका हुन् । त्यसैगरी जिल्लाकै एक मात्र पूर्ण सरकारी लगानीको खोरुङ्गा खोला लघुजलविद्युत् आयोजना समेत पाँच वर्षयता बन्द छ ।
मेन्छ्यायेम गाउँपालिका–५ स्थित एक सय किलोवाट क्षमताको सो आयोजना मर्मतका लागि सम्बन्धित निकायले ध्यान नपुर्‍याउँदा करोडौं मूल्यका उपकरण कवाडीमा परिणत भएका छन् । जिल्लामा बनेका १६ वटा साना तथा लघु जलविद्युत आयोजना मध्ये १० वटा बढी योजना मर्मत अभावकै कारण बन्द भएका छन् । समुदायमा आधारित जलविद्युत् आयोजनाहरु मर्मत सम्भारमा बजेट अभाव हुनु, सधैं समुदायमा मेल नहुनु, दक्ष जनशक्ति अभाव हुनुलगायत कारणहरुले बन्द भएका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु