लकडाउन उल्लङ्घन गर्ने २७ सय सवारी प्रहरीको नियन्त्रणमा

२०७७ जेष्ठ ८ गते, बिहीबार

काठमाडौं, ८ जेठ । महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा लकडाउनको उलंघन गर्दै चलेका २७ सयभन्दा सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ती सवारीहरुरलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सवारी मध्ये २६ सय दुई पाङग्रे रहेका छन् । त्यस्तैगरी अन्य चार पाङग्रे गाडी रहेको बताइएको छ ।
कोरोना महामारीको रोकथाम तथा नियन्त्रण गर्न सरकारले अति अवाश्यक बाहेकका सवारी संचालनमा रोक लगाएको छ । नियन्त्रणमा परेका सबै सवारीलाई साँझ ७ बजे छोडिने प्रहरीले बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु