‘लकडाउन’ उल्लंघन गर्ने २०७ जना पक्राउ

२०७६ चैत्र १५ गते, शनिबार

काठमाडौं, १५ चैत । महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डीएसपी होविन्द्र बोगटीका अनुसार लकडाउनको उल्लंघन गरेकाे आरोपमा आज काठमाडौंबाट २०७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९७ जना पुरुष र १० जना महिला रहेका छन् ।
प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ । अहिले सडकमा छिटफुट रुपमा हिँडडुल गर्ने बाहेक अरू देखिएका छैनन् । सवारी साधन पनि एकदमै कम चलेका देखिन्छन् ।
नेपालमा अहिलेसम्म चार जनामा कोरोनको भाइरस संक्रमणको पुष्टि भएको छ । चीनकाे वुहानबाट आएका एक विद्यार्थी भने पूर्ण रुपमा निको भइसकेका छन् । अरु तीन जनाको भने देशकाे विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि गत आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले देशभर लागू हुनेगरी चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार